ठमेलमा लोकप्रिय बबल टी ‘चाटाइम’, पारखीको थामिनसक्नु भिड
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १७:४२:५७
८ साउन, काठमाडौं । काठमाडौंको ठमेलमा पूर्वी एसियाली मुलुक ताइवानको प्रख्यात बबल टी ‘चाटाइम’को आउटलेट खुलेको छ । साउन ७ गते आइतबारबाट सुरु भएको ‘चाटाइम’मा पारखीको थामिनसक्नु भिड लागेको छ ।
काठमाडौं गेस्ट हाउसनजिकै यशु श्रेष्ठ, अकृति सिंह र विलशा श्रेष्ठको संयुक्त लगानीमा चाटइमको आउटलेट खुलेको हो । सञ्चालकहरूका अनुसार बबल टी अन्य चिया जस्तो तातो हुँदैन । यो चिसो पेय हो । यो चिया आइस टी जस्तै हुन्छ । बबल टीलाई पर्ल मिल्क टी, टोपिका मिल्क टी, बोबा टी लगायत नामले चिनिन्छ । यो पेय पदार्थले गर्मी मौसममा शितलता प्रदान गर्ने बताइएको छ ।
बबल टी ताइवानको लोकप्रिय चिसो चिया हो । सन् १९८० को दशकमा यो चिया पहिलोपटक ताइवानमा सुरु गरिएको हो । सन् १९९० को दशकमा यो अमेरिका हुँदै विश्वका अन्य देशमा छाउन थाल्यो । नेपालमा यस्तो चिया भित्रिएको केही वर्ष मात्र भएको छ । सञ्चालकहरुका अनुसार कतिपय देशमा बबल टी चिसो र तातो दुवै स्वादमा तयार गरिन्छ । ‘बबल टी मुख्यतया दुई किसिमले तयार गरिने भए पनि पछिल्लो समय यसका प्रकार स्वाद अनुसार अनेक छन्,’ चाटाइम सञ्चालकमध्येकी एक यशु श्रेष्ठले भनिन् ।
उनका अनुसार बबल टीको लागि प्रयोग हुने मुख्य सामग्री टापियोका पर्ल हो, जुन पिँडालुको पिठोबाट बनाइन्छ । यो निकै कोमल र चुइङगम जस्तै हुन्छ । यो कफी या टी फ्लेवर पाउडर, क्रिम फ्लेवर पाउडर, जुस फ्लेवर पाउडर’मा उपलब्ध हुन्छ । टी हाउस या सुपरमार्केटमा बबल टीका लागि चाहिने अधिकांश सामग्री उपलब्ध हुने हुँदा स्वास्थ्यका हिसाबले यसलाई आफैंले घरमा बनाएर पिउँदा पनि राम्रो हुने उनको भनाइ छ ।
‘उचित तरिकाले तयार गरी प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बबल टी नेपालीहरुबीच पनि लोकप्रिय बनेको छ,’ उनले भनिन् । उच्च गुणस्तर कायम गरी स्वादमा एकरुपता कायम गर्ने हेतुले ताइवान बाट नै ‘चाटाइम’ का एक्सपर्ट सेफहरूले हाल तालिम उपलबध गराइरहेको उनले बताइन ।
चाटाइममा बबल टी पारखीको भिड लागेको उनले जानकारी दिइन् । चाटाइमप्रति युवा–युवतीको आकर्षण देखेर आफूहरु दंग परेको उनको भनाइ छ । आउने दिनमा उपयुक्त स्थानमा चाटाइमको थप आउटलेट विस्तार गर्दै जाने योजना उनीहरुले बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार