आगामी भाद्र १ गतेबाट ‘जुलेबी’ प्रदर्शनमा आउने
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १७:५७:२०
८ साउन, काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’ को पोस्टर सार्वजनिक गरिएको । चलचित्र आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने छ।
चलचित्रको निर्माता आभा शर्मा नेपालको जन्म दिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो। पोस्टर सार्वजनिक संगै चलचित्रको प्रचार प्रसारको कार्य पनि अघि बढेको निर्माता आभाले बताइन्। चलचित्रमा नारी पात्रलाई बिसेष महत्व दिइएको पनि निर्माता आभाले बताइन्।
चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनी अभिनय रहेको छ। एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए । विवेक खड्काको छायांकन,अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ ।
चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । चलचित्र ‘जुलेबी’को केही देशहरुको ओभरसिज राइट्स पनी बिक्रि भईसकेको निर्माण टिमले बताएको छ। चलचित्रको वितरणको जिम्मा डिसीएनले लिएको छ गर्नेछ । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार