राजनीतिक रुपान्तरणका लागि कांग्रेसले महत्वपूर्ण निर्णय गर्छः महामन्त्रीद्वय
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १८:९:४५
८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेसको यो केन्द्रीय समितिको बैठकबाट देश र जनताका पक्षमा महत्वपूर्ण निर्णय आउने बताएका छन् । उनीहरूले देशलाई दलीय दुश्चक्रबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्रीले राजनीतिक दलहरूले 'एग्जिट पोलिसी' बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने बताए । राजनीतिमा उमेर नभइ एजेण्डा महत्त्वपूर्ण हुने भए पनि महत्वपूर्ण पदहरुमा भने 'एग्जिट पोलिसी' राख्न जरुरी देखिएको उनीहरुको तर्क थियो ।
बैठकमा उठेका प्रश्नको जवाफ दिँदै शर्माले रुपान्तरणको अभियान भनेर केही साथीहरूले नै कार्यक्रम गरे तर, त्यहाँ कतिपय शब्द प्रयोग गर्दै गर्दा कमजोरी भएको बताए । उनले केही महत्वपूर्ण विषयहरू संगठनका लागि गरौं भनेर आएकाले त्यसलाई पनि कांग्रेसले ग्रहण गर्नुपर्ने बताए । उनले राजनीतिक रुपान्तरणको लागि एउटा 'एग्जिट पोलिसी' जरुरी रहेको र त्यो 'एग्जिट पोलिसी' भनेको धेरै वर्ष पहिला सभापतिले राजनीतिबाट राजीनामा दिनैपर्ने बताए ।
उनले भने, ‘केही वर्षअघि लहर चलेको थियो । ७० वर्ष नाघेकालाई राजनीतिबाट बिदा गर्ने भनिएको थियो । एज नभइ राजनीतिमा एजेण्डा हुनुपर्छ भनेर मैले भन्दा म आलोचित भएँ । हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाईले जस्तो ५ पटक हुन्थेँ भन्ने सोच्दैन । त्यसैले एग्जिट पोलिसी आवश्यक छ ।’ यस क्रममा उनले विभिन्न नयाँ दलहरूले मिसन २०८४ सञ्चालन गरे पनि २०८४ मा २००७ सालको जस्तो क्रान्ति नभइ निर्वाचन मात्र हुने बताएका थिए ।
केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा आफ्ना धारणा राख्दै थापाले भने, ’दलीयकरणको दुश्चक्रबाट कांग्रेसले देशलाई निकाल्नुपर्छ । कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्ने क्रममा जहाँ पनि हाम्रो मान्छे राख्ने ।’ थापाले संस्था, विश्वविद्यालय, अड्डा अदालतमा आफ्ना मान्छे राख्ने कामबाट कांग्रेस बाहिर आउनुपर्ने बताए । उनले निजामती कर्मचारीसम्ममा आफ्ना मान्छे भनेर जानु ठीक नभएको बताए ।
संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको महामन्त्री गगनकुमार थापाले बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापाले गाह्रो भए पनि संसदीय दलको नेता बदल्न लागेको बताए । संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि थापाले सभापति तथा संसदीय दलका नेता देउवानिकटका नेताहरूलाई आग्रह गरेका छन् । ’मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्वीकार्छु,’ उनले भने ।
सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उनी निकट नेताहरूले भने प्रश्न गर्न लागेको थापाले बताए । ’सभापतिले आफू फेर्दै गरेकाले यसले प्रयास गर्छ भन्ने लागेको छ । अरूले कति चिन्ता गर्नुभएको हो ?,’ उनले प्रश्न गरे ।
संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने थापाले बताए । उनले सांसदहरूको मत पाउने कुरा गाह्रो भएको बताए । मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुनेथियो तर सांसदको मत पाउन झन् गाह्रो हुने बताए । गाह्रो काम भनेर संसदीय दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि नहट्ने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार