सञ्चार सचिव काममा फर्किए, सीआईबीको हिरासतमा २१ आरोपी
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार ११:१:१६
९ साउन, काठमाडौं । बालुवाटारस्थित चर्चित ललितानिवास प्रकरणमा किर्ते मुद्दाको आरोपमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत सर्वोच्च अदालतको आदेशपछि आइतबारबाट नियमित काममा फर्किएका छन् ।
आइतबार बिहानदेखि नियमित काममा फर्किएको मन्त्रालयका कर्मचारीले बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हरेक आइतबार बिहान नौ बजे बस्ने उच्च व्यवस्थापन समूहको बैठकमा समेत सञ्चार सचिव राउत सहभागी भएका थिए । उच्च व्यवस्थापन समूहको बैठकमा उपसचिव सम्मका कर्मचारी बस्ने गरेका छन् । सोमबार मन्त्रालयमा हुने विषयगत काम र सम्पादन गर्नुपर्ने जिम्मेवारीमा राउतले निर्देशनात्मक भूमिका निर्वाह गरेका थिए । उनले नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणसँग सम्बन्धित दुई वटा नीतिगत छलफलमा सो निर्देशन दिएका हुन् ।
राउतलाई सर्वोच्च अदालतले शुक्रबार तारेखमा रिहा गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सञ्चार सचिव राउतलाई छाड्न आदेश दिएको हो ।
तर, उनलाई विदेश जान भने कडाइ गरेको छ । त्यस अघि राउतलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश दिएको थियो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । काठमाडौंबाट विराटनगर जाने क्रममा असार २४ गते राउतलाई केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआईबी'ले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।
स्रोतका अनुसार नक्कली मोही बनाइएका मध्येका केहीले प्रहरीसँगको बयानमा सरकारी जग्गा हडप्न रामकुमार सुवेदीको समूहले आफूहरूलाई नक्कली मोही दाबी गर्न लगाएको बताएका छन् । सञ्चार सचिवलाई भौतिक मन्त्रालयमा हुँदा कानुन शाखाले दिएको रायको आधारमा टिप्पणी उठाएको र उनकै टिप्पणीबाट जग्गा व्यक्तिको नाममा नामसारी भएको आरोप लगाइएको थियो ।
सञ्चार सचिव छुटेपछि अहिले प्रहरीको हिरासतमा अरुणकुमार श्रेष्ठ तत्कालीन अमिन, मीनबहादुर गुरूङ भाटभटेनी सुपरमार्केटका सञ्चालक,सुधीरकुमार शाह निर्वाचन आयोगका पूर्व आयुक्त, धर्मप्रसाद गौतम कर्मचारी, लोकहरि घिमिरे समरजंग कम्पनीका तत्कालीन प्रमुख,रमेशकुमार पोखरेल,समरजंग कम्पनीका तत्कालीन प्रमुख,देवनारायण महर्जन नक्कली मोही, ध्रुव अर्याल तत्कालीन नापी अधिकृत,गोपाल कार्की, तत्कालीन नापी अधिकृत, शिवजी भट्टराई कामनपा–५ का तत्कालीन वडा सचिव, बाबुराजा महर्जन नक्कली मोही, घमानकुमार कार्की नापी कार्यालयका तत्कालीन कर्मचारी, विनोद पौडेल समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल, बालकृष्ण श्रेष्ठ रहेका छन् ।
त्यस्तै भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर, रूद्रप्रसाद श्रेष्ठ भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक योगराज पौडेल मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा,नारायणदास मिश्र मालपोत कार्यालयका तत्कालीन खरिदार, केशव तुलाधर बिचौलिया, कलाधर देउजा,मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख , सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन नक्कली मोहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरू सबैलाई किर्ते गरेको आरोपमा संगठित अपराध अन्तर्गत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार
जसपा नेपालको रिट ढुंगाना र मुसलमानको इजलासमा
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार