दिल्ली पुगेको प्रहरी रित्तै फर्कियो, व्यापारीहरु भारतमा रमाउँदै
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार ११:८:१९
९ साउन, काठमाडौं । ललितानिवास परिसरको जग्गा हिनामिना सम्बन्धी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआईबी'को टोली दिल्ली पुगे पनि रित्तो हात फर्किएको छ । केही दिन अघि ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यापारी र उच्च पदस्थ व्यक्तिहरू दिल्ली पुगेको थाह पाएपछि सीआईबीको टोली दिल्ली गएको थियो । तर त्यहाँ उनीहरू फेला नपरेपछि रित्तै फर्किएको स्रोतले जनाएको छ ।
सीआईबीलाई सर्वोच्च अदालतले पनि उनीहरूलाई पक्राउ गर्न कुनै बाध अड्चन उत्पन्न नगराएपछि सो प्रकरणमा मुछिएका व्यक्ति व्यापारीहरू धमाधम फरार भएका छन् । जग्गा खरिद गरेको आधारमा मीनबहादुर गुरुङ, केशव तुलाधर पक्राउ परेपछि अन्य व्यापारीहरू फरार भएका हुन् ।
ललितानिवास परिसरको करिब दुई रोपनी जग्गा किनेको आधारमा तुलाधरलाई सीआईबीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा धरौटीमा छुटे लगत्तै सीआईबीले उनलाई पक्राउ गरेको हो । त्यसै गरी मीनबहादुर गुरुङको अपील पनि सर्वोच्चले खारेज गरिदियो । जग्गा किनेकै आधारमा पक्राउ गरेपछि यो मुद्दामा जग्गा किन्नेहरू सबै प्रहरी छानबिनमा देखिएका छन् । संगठित अपराधसम्बन्धी कसुर भएकाले यसमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा जोडिएका सबै अनुसन्धानको दायरामा आउने सीआईबीका एसएसपी दिनेश आचार्य बताउछन् । ‘संगठित रुपमा जोडिएकाहरु सबै पक्राउ पर्न सक्छन्’, एसएसपी आचार्यले भने ।
हाल चर्चित व्यापारी गोविन्दलाल संघाईले फरार छन् । त्यस्तै मनोजकुमार केडिया, सञ्जयकुमार चाचन, प्रमोद शेरचन, प्रमोद गुरुङ लगायत मुछिएका छन् । मन्ति गोर्खाली, निर्मलादेवी गोयल, निकिता तुलाधर, उमा प्रसाई, युरिशोभा तुलाधर, रेणुका बज्राचार्य, सुविस्ता तुलाधर, अञ्जना तुलाधर, चन्द्रिका कंसाकार, सानुछोरी बज्राचार्य लगायतको नाममा छ ।
त्यसै गरी सिपीका खेतान, सुष्मा बज्राचार्य, सन्ध्या शाक्य, संगीता राखेचा, नुतन श्रेष्ठ, धर्मशोभा शाक्य, डिम्पल बंशल, सरिता मानन्धर श्रेष्ठ, गीता गौतम खनाल, नितु गुरुङ, रीता गौतम खनाल, रत्नहिरा बज्राचार्य, प्रवीण ताम्राकार, विजय ताम्राकार, माया शेर्पा गौचन पनि जग्गा किनेकै आधारमा फरार भएको अवस्था छ । संघाई र खेतानको समूह नै भारततर्फ लागेको पनि २२ दिनभन्दा बढी भैसकेको छ । उनीहरूले आफ्नो पारिवारिक सम्पर्क पनि विच्छेद गरेर भारत बसेका छन् ।
केही व्यापारीहरूले मोबाइलको भाइबर खोलेका छन् , केहीले ह्वाटसएप पनि बन्द गरेर बसेका छन् । दुई साता अघि सीआईबीको टोलीले उनीहरूको सामाजिक सञ्जाल सफर गरेको थियो । त्यस क्रममा एक महिना पूर्वका गतिविधि मात्रै फेला पारेको स्रोतको दावी छ ।
गोविन्दलाल संघाई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त दीप बस्न्यात दिल्लीमा उपचार गराइरहेको भनेपनि त्यहाँबाट प्रहरीले उनीहरूलाई नलिई काठमाडौं फिर्ता भएको छ । बस्नेत दिल्ली पुगेको दुई साता बढी भएको छ । विशेष अदालतमा तारिख बुझेर उनी त्यता लागेका हुन् । संघाई र खेतान समूहका व्यक्ति भने करिब एक महिना अघि नै उनीहरू भारत गएको र यता सीआइबीले अप्रेशन चलाउन थालेपछि उनीहरू निकट रहेका व्यक्तिहरू पनि भारत पुगेको प्रहरी स्रोतले जनाएको छ ।
ललिता निवास प्रकरणमा सीआईबीले २०७७ मा विस्तृत अनुसन्धान गरी १४३ रोपनी जग्गा हिनामिना भएको भन्दै ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो । सरकारले सुवर्ण शमशेर र उनका आफन्तको नाममा रहेको जग्गा मुआब्जा लिएर २४ जेठ २०२२ मा अधिग्रहण गरेको थियो ।
तर, २०४९ सालमा राजकाज मुद्दा लागेपछि निर्वासनमा गएका सुवर्ण शमशेरको १२ रोपनी जग्गामात्र राष्ट्रियकरण गरिएकोमा सबै राष्ट्रियकरण गरिएको देखाएर २०४९ मा जग्गाका भोगाधिकारीले आफ्ना नाममा पारेको पत्ता लागेको थियो । त्यसपछि २०४९, २०६२, २०६६, २०६७ र २०६९ मा किर्ते गरी जग्गा व्यक्तिको नाममा लगिएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले उनीहरू बसेको स्थान पत्ता लगाउनका लागि भारतीय प्रहरीसँग समन्वय गरिरहेको भएपनि भारतीय प्रहरीले अहिलेसम्म कुनै सुराकी नदिएका कारण सीआईबीको टोली फिर्ता भएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार