जुम्लामा बाह्र हजार पशु ‘लम्पी स्किन’बाट संक्रमित

नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १२:९:३५

९ साउन, जुम्ला । जुम्लाको आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट संक्रमित भएका छन् । जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार पाँच सय गाईभैँसी, गोरु, बाछाबाछी संक्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढाथापाले बताए।
कार्यालयबाट यहाँका स्थानीय तहलाई ७५ का दरले खोप वितरण गरिएको छ । बजेटको अभावले सम्बन्धित स्थानीय तहलाई औषधि खरिद गरी उपचार गर्न निर्देशन गरिएको छ । स्थानीय तहमै पशु प्राविधिक खटाएको कार्यालय प्रमुख बुढाथापाको भनाइ छ ।
उक्त रोगबाट मरेका पशुको सङ्ख्या र विवरण पठाउन भनी जिल्लाका स्थानीय तहलाई पत्रचार गरिएको छ । यकिन तथ्याङ्क आउन केही साता लाग्ने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको प्रमुख बुढाथापाले जानकारी दिए।
पाँच सय पशुलाई खोप
जिल्लाका स्थानीय तहका करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशु सेवा कार्यालयले जनाएको छ । खोप खरिद गरी पालिकामा कार्यरत पशु प्राविधिकबाट तिलाका नौवटै वडाका स्थानीयवासीको पशुलाई खोप लगाएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए । पालिकाको सबैभन्दा बढी वडा नं २ का पशु लम्पी स्किनबाट संक्रमित भएका छन् । उक्त वडाका ४० वटा गाईगोरु मरेको जानकारी आएको उपाध्यक्ष बुढाको भनाइ छ । वडा नं १ मा पनि व्यापकरूपमा रोग फैलिएको स्थानीयवासी नरबहादुर रावतले जानकारी दिए ।
अहिलेसम्म तीन हजार गाईभैँसीलाई औषधि वितरण गरिएको तिला गाउँपालिकाको पशु सेवा कार्यालयले जनाएको छ । रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, लम्पी स्किनका कारण गाईभैँसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ । यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दानापानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार