मनकामना इन्जिनियरिङ आईपीओमा आवेदन दिने अन्तिम दिन कहिले ?
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १२:३९:५३
९ साउन, काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले मंगलबार कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले असार १९ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो ।
यसले जारी पुँजीको ८० करोड रूपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरूका लागि जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।
उक्त आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । साथै, बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङ्गको रजिष्ट्रर्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
उत्तर कोरियाले थप छ सय फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाइयो
जेठ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा नगदसहित चार जना पक्राउ
जेठ २०, २०८१ आइतबार
मुख्यमन्त्री केजरीवाल आज पुन: जेल जाँदै
जेठ २०, २०८१ आइतबार
स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते
जेठ २०, २०८१ आइतबार
सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी
जेठ २०, २०८१ आइतबार
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड
जेठ २०, २०८१ आइतबार