यो केन्द्रीय समितिको बैठकपछि हामी एक भएर जान सक्यौ भने कांग्रेसलाई कसैले हल्लाउन सक्दैनः शशांक
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १२:४१:५७
९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपालको तरल राजनीति र जनमतले कांग्रेसमा एकता चाहेको बताएका छन् । उनले कांग्रेसभित्रको एकताले मात्र राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन सक्ने बताएका छन् ।
नेता कोइरालाले मंगलबार कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई दिएको चियापान कार्यक्रममा उपस्थित भएका नेता कार्यकताहरुलाई सम्बोधन गर्दै पार्टीलाई एक भएर अगाडि बढाउनुको विकल्प नभएको बताए । उनले लामो समयपछि बसेको केन्द्रीय समितिको बैठकले पार्टी भित्रका एक आपसका तिक्तता मेटिएको बताए ।
कोइरालाले अहिलेको अवस्थामा कांग्रेसप्रति सवैले नजर लगाइरहेको र अब पनि पुरानै तरिकाले अगाडि जान खोजिएमा कांग्रेस पार्टी दुर्घटनामा पर्ने बताए । कांग्रेस एक नभईकन देशका समस्या सुल्झन नसक्ने भन्दै उनले बाँकी चार वर्षमा देश र जनताप्रति गरेका प्रतिबद्धताहरू पुरा गर्ने तर्फ सबै एक भएर लाग्नुपर्ने बताए । पार्टीको केन्द्रीय समिति बैठककै बीच कोइरालाले आज काठमाडौँको लैनचौरस्थित लैनचौर बैंक्युटमा चियापान कार्यक्रम गरेका हुन् ।
कांग्रेस नेता शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, तारानाथ रानाभाट, महेश आचार्य दिलेन्द्रप्रसाद बडू, एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायतका प्रायः शीर्ष र केन्द्रीय तहका नेताहरू सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार