मेरो राजीनामा मागेर भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास भइरहेको छः गृहमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १४:४७:५७
९ साउन, गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरुद्धको अभियान रोक्ने प्रयास गर्दा मेरो राजीनामा माग्न थालिएको बताएका छन् । उनले भ्रष्टाचारीलाई कारबाही चलाउँदा केहीलाई निकै ठूलो समस्या पर्ने भएकाले यो अभियान रोक्नका लागि राजीनामा माग्नु स्वाभाविक भएको बताएका हुन् ।
मंगलबार गृह जिल्ला गोरखामा पत्रकारसँगको कुराकानीमा श्रेष्ठले समग्र रूपमा भ्रष्टाचार विरुद्धको अनुसन्धान अघि बढेको बताए । १०० किलो सुन बरामद प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरूले आफ्नो राजीनामा माग्नुलाई पनि अस्वाभाविक रुपमा नलिएको उनको भनाइ छ । प्रतिपक्षले कारबाही सुरु गरेदेखि नै पटक पटक अवरोध पुर्याएन खोजिरहेको उनको भनाइ छ ।
गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म अनुसन्धान हुने बताए । उनले भने, ‘समग्र रूपमा अनुसन्धानको प्रक्रिया अघि बढाउँदा जरैसम्म पुग्न निर्देशन दिएका छौँ, अनुसन्धानको आधारमा दोषी देखिएका सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइन्छ, जरैसम्म पुग्छौं, यसको स्रोतसम्म पुग्छौं, प्रारम्भमा पुग्ने भनेको जसले ट्याक्सीमा लग्यो, जसले अर्को ठाउँमा पुर्यायो, जसले फेला पार्यो त्यसैलाई अनुसन्धान गर्ने न हो ।’
अहिलेको सत्ता समीकरण भ्रष्टाचार विरुद्ध सुशासनको अभियान चलाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको श्रेष्ठले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ढंगले व्यवस्थापन गरिने पनि गृहमन्त्री श्रेष्ठको भनाइ छ । प्रारम्भिक रूपमा आगमन कक्षमा लगेजको स्क्रिनिङ वा कार्गोको स्क्रिनिङ होस् प्रहरी उपस्थिति नहुने अहिलेको व्यवस्था परिवर्तन गरेर प्रहरीको उपस्थिति गराउने र प्रविधिसहित नयाँ ढंगले व्यवस्थापन गर्ने सोच बनाएका उनले बताए ।
सुन, भुटानी शरणार्थीलगायतका प्रकरणमा सत्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ । भ्रष्टाचारविरोधी अभियान यतिकै नरोकिने श्रेष्ठको भनाइ छ । ‘समाजमा यत्रो ठूलो समस्या छ, जबर्जस्ती रूपमा भ्रष्टाचारविरोधी, अनियमिताविरोधी अभियान चलाइरहेका छौं,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार