सामुदायिक वनको खाली जमिनमा घाँस राेपियाे
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १५:२०:५८
९ साउन, जानकी । निकुञ्ज क्षेत्रमा घाँस काट्न जाँदा मानव र वन्यजन्तुबीच हुन सक्ने द्वन्द्वात्मक गतिविधिलाई रोक्नका लागि राप्ती सोनारी गाउँपालिका–१ मा पर्ने बसेरी मध्यवर्ती सामुदायिक वनको खाली जमिनमा स्थानीयले घाँस रोपेका छन् ।
बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले पशु चौपायाका लागि आवश्यक डाले घाँस, किमु, भटमासे, काप्रोलगायत प्रजातिका करिब एक हजार दुई सय बिरुवा रोपिएको जानकारी दिए ।
“विसं २०६७ सालमा निकुञ्ज स्थापना भएसँगै निकुञ्जभित्र गएर घाँस काट्न मात्रै होइन पस्न नै पाइँदैन । आँखा छलेर पस्दा वन्यजन्तुको सिकार भइने डर पनि हुने भयो । त्यसैले सामुदायिक वनको खाली जग्गामा पशुका लागि घाँस लगाएका हौँ”, उनले भने ।
वन्यजन्तुका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले बालीनाली र मानवीय क्षतिका घटना बढ्दै जाँदा मानव र वन्यजन्तुबीचको सहअस्तित्वको आवश्यकता महसुस हुँदै गएको अध्यक्ष खड्काले बताए ।
निकुञ्ज र वन्यजन्तु संरक्षणमा साझेदारी गरिरहेका जेडएसएल नेपालको आर्थिक सहयोग तथा हिमाली प्रकृतिको सहकार्यमा बाँके राष्ट्रिय निकुञ्ज, राजकोट मध्यवर्ती क्षेत्र अन्तर्गतका बसेरी मध्यवर्ती सामुदायिक वन, कुसुमेश्वर मध्यवर्ती सामुदायिक वन र रानी तलाउ मध्यवर्ती सामुदायिक वन क्षेत्रमा हालसम्म करिब १० हजार घाँस प्रजातिका बिरुवा रोपिएको छ ।
अहिले रोपिएका बिरुवा दुईदेखि तीन वर्षको अन्तरालमा घाँसका रुपमा प्रयोग गर्नका लागि तयार हुन्छन् । मध्यवर्ती क्षेत्रमा बसोबास गरिरहेका अधिकांशले बाख्रापालन गरेर जीविकोपार्जन गरिरहेका छन् । अहिले यहाँका स्थानीयलाई पशुचौपायाकै लागि घाँस काट्न दैनिक तीन पटक जङ्गल जानुपर्ने बाध्यता रहेको बसेरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमप्रसाद चौधरीले बताए ।
वन क्षेत्रमा बढ्दो मानवीय गतिविधिले वन्यजन्तुमा असर पर्ने भएकाले सामुदायिक वन क्षेत्रमा घाँस प्रजातिका बिरुवा रोपिएको अध्यक्ष चौधरीले बताए। “वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहेको छ, हामी सधैँ वनजङ्गलमा घाँस काट्न जाँदा वन्यजन्तु र मानव दुवैलाई क्षति हुन सक्छ भन्ने कुरा हामीले बुझेका छौँ । त्यही कुरा बुझेर नै हामीले नजिकैको सामुदायिक वनमा घाँस प्रजातिका बिरुवा रोपेका हौँ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार