अब शेखर कोइरालाको नेतृत्वमा कांग्रेसलाई बहुमतको पार्टी बनाउने अभियानमा लाग्नुपर्छः कानुन मन्त्री धनराज गुरुङ
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार १६:२३:४८
९ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वरिष्ठ नेता डा. शेखर कोइरालाको नेतृत्वमा कांग्रेसलाई बहुमतको पार्टी बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । उनले पार्टीको १५ औं महाधिवेशनमा कोइरालालाई सभापति बनाउने दाबीसमेत गरेका छन् ।
मंगलबार ४१ औं बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफूले कोइरालालाई रुपान्तरणको मुद्दा नसकिएको भन्दै सभापतिको लागि अघि बढ्न आग्रह गरे । उपसभापति गुरुङले अहिले नै सभापति बदल्न नसक्ने बताए । उनले नपुग्ने कुरा नगर्ने भन्दै अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने होइन तर १५ औं महाधिवेशनमा पार्टी सभापति बदल्ने अभियानमा लाग्नुपर्ने बताए ।
त्यो बेला शेखरलाई उम्मेदवार बनाउने मात्र होइन, सभापतिमा स्थापित गर्ने उनको दाबी छ । कानुन मन्त्री समेत रहेका उपसभापति गुरुङले नेताहरूको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने बताए । एकपछि अर्को फाइल खोल्दै जानुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई समेत भनेको उनले बताए ।
उनले भने, ‘डा.शेखर कोइराला अघि बढ्नुहोस् । मेरो पनि आकांक्षा होला सभापति पदमा तर, रुपान्तरण मुद्दा सकिएको छैन, तपाईँ अघि बढ्नुहोस् भनेको छु । प्रस्ट रूपमा भन्छु खरो ढंगबाट पार्टीको रुपान्तरण अभियानमा १५ औं महाधिवेशनमा सभापति बन्ने हो ।’
उनले बीपी कोइरालाको पद चाप पहिल्याउनुपर्ने बताए । बीपीको पद चाप पहिल्याउनु पर्छ, हिँड्नै पर्छ । हामीले कांग्रेसलाई बहुमतको पार्टी बनाउनु छ । यो मुलुक र जनताको लागि डेलिभरी दिन आवश्यक छ । जनमतका लागि राजनीति गरेका छौँ भनेर हिँड्नुपर्छ, उनले भने, हामी अलमलिएका छौं कि ठीक छ ? रुपान्तरण गर्ने नै हो । सिङ्गो मुलुकको रुपान्तरण अघि पार्टीको रुपान्तरण हुन्छ । सूरूमा आफैँ रुपान्तरण गर्नुछ । आफैँ न बदल्नेले पार्टी र देशको मुहार बदल्न सक्दैनौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार