डीएसपी ठगबहादुर केसी बर्खास्त
नेपालबहस संवाददाता
साउन ९, २०८० मंगलबार २३:३९:०
९ साउन, काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत डीएसपी ठगबहादुर केसी बर्खास्तमा परेका छन् । गृहमन्त्रालयले डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गरेको हो । ३५ तोला सुनसहित पक्राउ परेका डीएसपी केसीलाई सोमबार बर्खास्त गरेको पत्र गृहमन्त्रालयले प्रहरी प्रधानकार्यालयमा पठाएको छ ।
मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उनलाई बर्खास्त गरेको पत्र प्रहरी प्रधानकार्यालयमा पठाएको छ । ‘उहाँलाई बर्खास्त गरेको पत्र प्रहरी प्रधानकार्यालयमा आएको छ’, प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले भने । प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई जागिरबाटै हटाउन गृह मन्त्रालयमा सिफारिस गरेको थियो । यसअघि केसीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो । छानबिनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत डीएसपी गत पुस ११ गते डीएसपी केसी ३५ तोला सुनसहित पक्राउ परेका थिए । सो विषयमा तत्कालिन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएर प्रहरी प्रधानकार्यालयले अनुसन्धान गरेको थियो । समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्षसहित निकालेको थियो ।
प्रहरी प्रधानकार्यालयको सिफारिसमा बर्खास्तमा परेका उनी दोस्रो डीएसपी हुन यसअघि रुपकुमार न्यौपाने बर्खास्तमा परेका थिए । धनुषमा कार्यरत न्यौपानेलाई सशस्त्र समूहसँग मिलेको आरोप पुष्टि भएपछि शुरुमा घटुवा र पछि बर्खास्त गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार