चीनद्वारा लिपुलेखमाथि गरेको गल्ती सच्याउन माग गर्दै ग्रेटर नेपालले बुझायो ज्ञापनपत्र
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार ११:२७:५९
१० साउन, काठमाडौं । ग्रेटर नेपालले चीन सरकारले नेपाली भूमि लिपुलेक माथि गरेको गल्ती सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेपालको तीन दिने भ्रमणका क्रममा काठमाडौँमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युनलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बुधबार बिहान ९ बजे बत्तीसपुतलीस्थित द्वारिका होटलमा चिनियाँ दूतावासका राजनीतिक र प्रेस विभागका निर्देशकमार्फत दुई बुँदे ज्ञापनपत्र बुझाएको हाे ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्रमार्फत नेपाल र चीनबीच सन् १७९२ अक्टोबर ५ मा भएको ७ सूत्रीय बेत्रावती सन्धिको धारा ५ मा उल्लेख भएको कुनै पनि विदेशी शक्तिले आक्रमण गरेमा चीनले नेपाललाई सहयोग गर्न कुनै कसर बाँकी राख्नेछैन ।’ भन्ने प्रावधानप्रति चिनियाँ कम्युनिस्ट पार्टीको ध्यानाकर्षण गरेको छ । मोर्चाले ज्ञापनपत्रमा सन् १७९२ मा भएको उक्त सन्धिको धारा ५ को प्रावधानअनुसार हामी माथि आइपर्न सक्ने सुरक्षा संकटको निवारणका निम्ति चीन सरकारको ध्यान जानेछ भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अपेक्षा रहेको जनाएको छ ।
नेपाल सधैँ एक चीन नीतिको समर्थन र चीनको भौगोलिक अखण्डताको पक्षमा वकालत गर्दै आइरहेको छ र गरिरहनेछ भन्दै मोर्चाले नेपालको सार्वभौमसत्ता सम्पन्न क्षेत्र कालापानीमा इन्डियाले सन् १९६२ देखि सेना राखेर कब्जा जमाउँदै आएकोमा २०१५ मे १५ मा चीन र इन्डियाबीच लिपुलेखबाट व्यापार गर्ने भनी उक्त दुई देशका प्रधानमन्त्रीबीच संयुक्त वक्तव्यमा हस्ताक्षर भएबाट नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ता विरुद्ध खुला प्रहार भएको जनाएको छ ।
यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिई उक्त संयुक्त वक्तव्यबाट अलग भई चीनले नेपाली जनताका मनमा उत्पन्न चीनप्रतिको अविश्वासको भावना हटाउने सदाशयता देखाई नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न ग्रेटर नेपाल नेपाल राष्ट्रवादी मोर्चाले चिनियाँ कम्युनिस्ट पार्टीलाई विशेष आग्रह गरेको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताका सम्बन्धमा कसैसँग सम्झौता हुन नहुने बताएका छन् । उनले भनेका छन्, अन्यायमा परेपछि न्याय नपाउञ्जेल आवाज उठाउन छाड्नुहुन्न ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
कांग्रेस र एमाले डराउँदै हिँड्ने कि जनताको पक्षमा देखिने गरी काम गर्ने ?
पुष १३, २०८१ शनिबार