रास्वपाद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, मातहतका सबै विभागीय प्रमुखलाई बर्खास्त गर्न माग
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार १४:४५:५६
१० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी प्रकरणको विषयमा प्रतिनिधिसभा बैठकमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाका सांसद निशा डाँगी, सन्तोष परियारसहितको १६ जना सांसद प्रस्तावक रहेका छन् । उक्त प्रस्तावमा अध्यक्ष रवि लामिछानेसहितका ४ जना सांदसहरूको समर्थन रहेको छ ।
रास्वपाले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएको छ । यति ठूलो मात्रामा सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्यो सो सम्बन्धमा विस्तृत अनुसन्धान गर्न सरकार समक्ष प्रस्तावमा माग गरिएको छ ।
नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरिएको हो । रास्वपा सांसद मनिष झाले भन्सारबाट एक क्विन्टल सुन कसरी पास भयो भन्ने विषयमा प्रश्न उठेको र यस सम्बन्धमा निष्पक्ष छानबिन हुन पयो भनेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव सभामुखलाई बुझाएको बताए ।
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने जस्तो उग्र राजनीति नगरी सुन प्रकरणको छानबिनको माग गर्दै लोकतान्त्रिक पद्धतिलाई सहयोग गर्नका लागि प्रस्ताव लगेको उनले बताए । सुन तस्करीको विषयमा सरकारलाई संवेदनशील बन्नका लागि घच्घच्याउन खोजिएको रास्वपाको भनाइ छ ।
‘हामीले संसद अवरोध गर्नुभन्दा संसदीय प्रक्रियाबाटै सरकारलाई जिम्मेवार बनाउन चाहेका हौं,’ उनले भने । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीकै विषयलाई लिएर संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्ने तयारी गरिरहँदा रास्वपाले फरक बाटो अपनाएको हो
झाले अहिले आफ्ना सांसदहरूले गृहमन्त्रीको राजीनमा नमाग्ने बताए । ‘हामीले गृहमन्त्रीको राजीनामा माग्दैनौँ । तस्करीबारे वृहत् अनुसन्धान हुनुपर्छ भन्ने हो । भोलि गृहमन्त्री दोषी देखिएमा अर्कै कुरा हुन्छ,’ उनले भने ।
आजको संसद बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा कर्मचारीको सरुवा मात्र नभई सम्बन्धी कार्यालयका विभागीय प्रमुखहरुलाई तत्काल बर्खास्त गर्नु पर्ने बताएका छन् । उनले सबै प्रमुख कर्मचारीलाई बर्खास्त गरेर कारबाही प्रक्रिया कसरी अगाडि बढिरहेको छ यसबारे गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।
बुधबारको बैठकमा समय लिएर बोलेका रास्वपा सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरे । उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।
उनले भने, ‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला’ सुन तस्करी सेटिङमा भइरहेको छ । भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्याउँथ्यो होला नि, मालिकलाई नै झ्याप पार्न सकिन्थ्यो होला नि त ? किन गरिएन ?’ यो प्रकरणमा केही कर्मचारीको सरुवा मात्र गरिएको भन्दै उनले यो पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरे ।
डामेर छोडेपछि सूचना लुकाउने अवसर मिल्ने भन्दै उनले गम्भीर हुन अनुरोध गरे । यसबारे आफूहरूले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै लामिछानेले भने, ‘गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न पाइँदैन ।’
भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणको जरा कहाँ छ भनेर सबैलाई थाहा भएको, तर सरकारले गिजोलेर मात्र छाड्ने गरेको उनले बताए । ‘भ्रष्टाचार विरुद्ध चालेको कदमलाई स्याबास भनेको फाइदाका रुपमा नलिइयोस्’ रास्वपा सभापति लामिछानेले चेतावनीको भाषामा भने, ‘जरासम्म पुग्ने साहस लिएको हो भने ठीक छ । फाइल खोलेको गन्न मात्र सुरु गरेको हो भने सरकारको दिन गन्न सुरु हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार