विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार १५:२१:४०
१० साउन, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका-४ कारगिल डाँडाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित दुईजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-५ मटियारी बस्ने २९ वर्षीय लक्ष्मण खड्का र २० वर्षीय आदित्य चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतको बसहीबाट नेपालतर्फ आउदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०-००८ प ९७८३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
बर्दिया, बासगढी नगरपालिका-६ मोतिपुर गाउँस्थित सडकबाट अवैध लागुऔषध जस्तो देखिने खैरो पदार्थ १ ग्राम २ सय ७० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय ओमकार थारु र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय तुल्सीराम थारु रहेका छन् । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले मैनापोखरबाट बासगढीतर्फ साईकलमा जाँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका(११ स्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थ ५ केजी ३ सय ६९ ग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला तिला नगरपालिका(३ बस्ने ४१ वर्षीय हरि प्रसाद भट्टराई, ३० वर्षीय देवी प्रसाद भट्टराई र ४० वर्षीय भवानी प्रसाद भट्टराई रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले तलासी गर्ने क्रममा उनीहरूलाई उक्त लागुऔषध र ३ थान मोबाइलसहित पक्राउ गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका-९ खग्रौलाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ६० मिलिग्रामसहित भारत हरनिक सुथाना बरसोला खिरी उत्तर प्रदेश बस्ने ५१ वर्षीय हरिओम सिंह राजपुतलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र आरआईटीबाट खटिएको संयुक्त टोलीले युपि ३१ बिएक्स ६८९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक राजपुतलाई पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका(१६ दरैयाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय पूर्ण तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हरोईन जस्तो देखिने पदार्थ ३५ ग्रामसहित इलाम चुलाचुली गाउँपालिका-४ आइतबारे बस्ने २७ वर्षीय धिरज हिमाङ्लाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार