प्रधानमन्त्री फर्कदासम्म सुन तस्करीका मुख्य अभियुक्त नसमातिए सदनमै आमरण अनशन बस्छु: शर्मा
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार १६:५२:५४
१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ नगरे आफू संसदमै आमरण अनशन बस्ने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशबाट फर्किँदासम्म मुख्य नाइके नसमातिए संसदमा आमरण अनसन बस्ने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद शर्माले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे । उनले दुई छाक भात खान नपाएर सडकमा हिँडेका नेपालीहरूले हेरिरहेका बेला काठमाडौं विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन आउँदा पनि पक्डन नसक्नु भनेको हामी सबै त्यो दोषी भएको बताए ।
उनले भने, ’यो चिजलाई गुपचुप पारेर त्यो गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरिया मात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ढुम्बा तालमा जमेको बरफ
पुष २१, २०८१ आइतबार
नेपाल आमाको मूर्ति निर्माणका लागि घरदैलो अभियान
पुष २१, २०८१ आइतबार
जलपन्छी अवलोकन गर्दै विद्यार्थी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार