रेडी ट्रेडर्सको गोदाममा राजश्वको छापा, ६६ बाकस ‘ब्रेक शु’ बरामद
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार २०:३७:५५
१० साउन, काठमाडौं । दोलखाका एक जना गरिब केटोलाई मोहोरा बनाएर कृत्रिम कम्पनी खडा गरी सुन तस्करीमा प्रयोग गरिएको रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टे स्थित गोदाममा राजश्व अनुसन्धान विभागले छापा मारेको छ ।
आज बिहान विभागको टोलीले काठमाडौं महानगरपालिका १६ स्थित सोर्हखुट्टेको एक घरमा छापा मारेको हो । हङकङबाट सुन मगाउने कम्पनी ‘रेडी ट्रेड प्रालि’को सो गोदामबाट राजश्वका अधिकारीहरूले ब्रेक शु बरामद गरेका छन् ।
छापामारीमा संलग्न एक अधिकृतका अनुसार गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको छ । ती वस्तुमा सुन छ अरू नै भन्ने बारेमा यकिन भइसकेको छैन । तर मोटरसाइकल र स्कुटरमा लाग्ने ६६ बाकस ब्रेक शु बरामद गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले नेपालबहसलाई बताए । पहिलेदेखि नै सुन तस्करले सो गोदाममा सुन ल्याएर निकाल्ने र ‘रि–प्याक’ हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूको दावी छ ।
एक क्विन्टल सुन पक्राउ गर्नु अघि २२ पटक आयात भएको ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद भएको छ,’ विभाग स्रोतले नेपालबहससँग भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार