ओमनिया क्लब घटना: ‘इन्काउण्टर’बाट बाँचेका गुण्डा नाईके सानुभाई
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार ११:१३:५६
११ साउन, काठमाडौं । ठमेलको ओमनिया क्लबमा कुटपिट भएको घटनालाई लिएर त्यसमा संलग्न रहेका सानुभाई भनिने युवराज गुरुङ ‘इन्काउण्टर’ बाट बालबाल बचेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीले गुरुङलाई जहाँ भेटे पनि ‘इन्काउण्टर’ गरिदिने अनुमतिसहित प्रहरी टोली खटिएको तर त्यसअघि नै काठमाडौं परिसरबाट खटिएको प्रहरीले पक्राउ गर्दा उनी बचेका हुन् ।
ठमेलका क्लबहरूमा गएर पैसा माग्दै कुटपिट गर्ने, हप्ता असुली गर्ने गरेका घटनाहरू बाहिर सार्वजनिक भइरहेका बेला ठमेलको ओमनिया क्लबमा भएको कुटपिटमा प्रहरीले युवराज गुरुङसहितका ६ जना मुछिएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले इन्काउन्टरको नाममा सफाया गर्ने नीति लिएको थियो ।
सुरुमा काठमाडाैं प्रहरीले घटनामा चासो नदिएकोमा कुटपिटको सीसी क्यामेरा फुटेज बाहिरिएपछि मात्र प्रहरीको चासो बढेको थियो । यो घटनाका नाइके युवराज पहिला कुमार घैंटे समूहमा आबद्ध थिए । घैंटे इन्काउन्टरमा मारिएपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे । अहिले कांग्रेस नेताहरूको संरक्षणमा फेरि उनले गुण्डागर्दी सुरु गरेका हुन् । हालका अर्थमन्त्री प्रकाशशरण महत लगायतले उनलाई संरक्षण गर्दै आएको स्रोतको दावी छ ।
उनले ठमेल क्षेत्रमा आतंक मच्चाउन लागेको भन्दै प्रहरीले घैटेकै शैलीमा सिध्याइदिन लागेको स्रोतको दावी छ । उनीबाहेक अहिले प्रहरीकै संरक्षणमा काभ्रेली समूहले पनि ठमेलमा आतंक मच्चाउन थालेको छ । गत २५ साउनमा काभ्रेली समूहले पनि एक क्लबमा कुटपिट गरेको थियो । जसमा तीन जनालाई प्रहरीले पक्राउ समेत गरेको थियो । तर, सोह्रखुट्टे वृत्तले सेटिङमा मुद्दा नचलाई छाडिदिएको छ । स्रोतका अनुसार सोह्रखुट्टे वृत्तका डीएसपी गणेश बमले कांग्रेस नेता तीर्थ लामा लगायतको दवावमा उनीहरूलाई छाडेका स्रोतको दावी छ ।
पक्राउ पर्नेमा तेमाल गाउँपालिकाका एक वडाअध्यक्ष समेत थिए । उनीहरूलाई छाड्दा ठूलै आर्थिक चलखेल भएको स्रोतको दावी छ । यस्तै गुरुङको हकमा पनि अपराध अनुसन्धान कार्यालयका प्रहरीले इन्काउण्टर गर्न खोजेको सूचना पनि उनै डीएसपी बमले चुहाएको आशंका गरिएको छ । सोह्रखुट्टेका डीएसपी बम र गुरुङको पनि साँठगाँठ रहेको बताइएको छ । उनीहरूबीच पुरानो चिनजान रहेकाले गुरुङले ठमेल क्षेत्रमा उनै बमको आड भरोसामा कब्जामा लिन खोजेको त्यहाँका व्यापारीहरूले बताएका छन् । ‘ काठमाडाैं परिसर प्रहरीले गुरुङलाई पक्राउ गरेर मात्र बचेको हो नत्र सिध्याउने नीति थियो’, प्रहरी स्रोतले भन्यो । परिसरको टोलीले पोखराबाट पछ्याएर थानकोट आइपुगेपछि उसलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा सानुभाइसहित टोखा घर भएका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या–५ का कमल तामाङ छन् । सानुभाइ समूहका विनोद लामा र रघु लामालाई प्रहरीले घटना भएको दिन नै पक्राउ गरेको थियो ।
असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर युवराज गुरुङ सानुभाइसहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए । उनीहरूमाथि रेष्टुरेण्ट तथा लाउन्जहरुमा गएर लाखौँ रूपैयाँको खानपिन गर्ने र बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरुमाथि कुटपिट तथा तोडफोड गरेको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार