कोहलपुरबाट ५ किलो अफिमसहित तिन जना पक्राउ
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार ११:१७:४२
दीपक शर्मा
११ साउन, बाँके । बाँकेको कोहलपुर स्थित एक होटलबाट प्रहरीले ५ किलो भन्दा बढि अफिमसहित तिन जनालाई पक्राउ गरेको जनाएको छ । बाँकेको कोहलपुर रहेको वसपार्कमा स्थित कटेज रेष्टुरेन्ट एन्ड लजको कोठा न १०६ मा लागुऔषधको कारोबार भैरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा लागूऔषधसहित जुम्लाका तिन जना भट्टराई पक्राउ परेका छन ।
प्रहरीले ५ किलो ३ सय ६८ ग्राम लागु औषध अफिमसहित तिन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले नेपाल बहसलाई बताए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा जुम्ला तिला गाँउपालिका ३ का ४१ वर्षीय हरिप्रसाद भट्टराई, ४० वर्षिय भवानी प्रसाद भट्टराई र ३० वर्षिय देवीप्रसाद भट्टराई रहेका छन ।
पक्राउ परेका तिनै जनाले लागुऔषध अफिमको कारोबार गर्दै आइरहेको बुझिएको छ । उनिहरुले सो अफिम नेपालगन्ज, बर्दिया ,दाग लगायत भारतमा समेत विक्रि गर्ने गरेको बुझिएको छ । तिवारीका अनुसार थप अनुसन्धान जारी रहेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार