स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो आँखा हेरचाह परियोजनालाई एक करोड सहयोग
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार १३:२५:४९
११ साउन, काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले तिलगंगा आँखा प्रतिष्ठान र मित्र समाजसँग आँखा रोगको पहिचान तथा उपचारमा सहकार्य गरेको छ । यी दुई संस्थामार्फत आँखासम्बन्धी रोगको पहिचान तथा उपचारका लागि बैंकले रू १ करोडभन्दा बढी सहयोग गरेको हो ।
बैंकले तिलगंगा आँखा प्रतिष्ठान नेपालअन्तर्गत आँखा कार्यक्रमका लागि रू। ४७ लाख ९० हजार सहयोग गरेको छ । उक्त रकम पर्साको निचुटास्थित सामुदायिक आँखा केन्द्र स्थापना र पतेर्वा सुगौली गाउँपालिका–५ आसपासमा नागरिकको आँखा उपचार सेवामा खर्चिने बताइएको छ ।
कार्यक्रमले त्यस क्षेत्रका विशेषगरी वृद्धवृद्धा, महिला, बालबालिका र अपांगता भएका व्यक्तिको आँखा उपचारमा प्राथमिकता दिनेछ । कार्यक्रमबाट एक वर्ष अवधिमा ७ हजार २०० नागरिक प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
त्यसैगरी बैंकले मित्र समाजलाई मोतियाबिन्दु तथा अन्धोपन निवारण परियोजना सञ्चालनका लागि ६७ लाख २५ हजार सहयोग गरेको छ, जुन रकम दुर्गम क्षेत्रका ५० वर्ष माथिका नागरिकको मोतियाबिन्दु पहिचान र अन्धोपनाबाट बचाउन खर्च गरिनेछ । यो परियोजनाबाट ३ हजार नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका कर्पोरेट अफेयर्स, ब्रान्ड एण्ड मार्केटिङ प्रमुख हर्ष पिल्लैले उक्त सहयोगले आँखाको सहज उपचार गर्न नसक्ने वा नपाउने व्यक्ति लाभान्वित हुने बताए । सबै नागरिकलाई उपलब्ध गराइने आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति सहज बनाउन बैंकले सहयोग गरेको उनको भनाइ छ ।
तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले निचुटा क्षेत्रका विपन्न नागरिककोे हितमा रकम खर्च हुने विश्वास व्यक्त गरिन् । यस्तै मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरीले आँखा रोगको पहिचान तथा उपचारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको सहयोग महत्वपूर्ण रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
नक्कली डाक्टर बनेर लुटपाट गरेपछि...
पुष १२, २०८१ शुक्रबार
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
पुष १२, २०८१ शुक्रबार
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे काठमाडौं आउँदै
पुष १२, २०८१ शुक्रबार
बागमती बगरमा तरुल उत्पादन गर्दै किसान
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार