भालुको पित्तजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार १३:५३:२७
११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने वस्तु दुई थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक नेताचोक घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् । उक्त सेकुवा कर्नरमा अवैध रूपमा भालुको पित्त जस्तो देखिने बस्तुको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद वस्तुसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसर काठमाडौंमा पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार