विश्वकप छनोटमा नेपालले लाओसको सामना गर्ने
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार १४:२१:२१
११ साउन, काठमाडौं । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ 'एएफसी' को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । नेपालले लाओससँग होम एन्ड अवे गरी दुई खेल खेल्नेछ ।
आगामी अक्टोबरमा हुने दुई लेगको छनोटको पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ । यस खेलमा नेपालले विजयी हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ । फिफा विश्वकप छनोटमा विभिन्न ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै एसियन कप छनोटमा भने २४ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप फुटबल र एएफपी एसियन कप छनोटको पहिलो चरणमा विभिन्न २० राष्ट्रले खेल्नेछन् ।
यसमा नेपाल र लाओसँगै अफगानिस्तान र मङ्गोलिया, माल्दिभ्स र बङ्गलादेश, सिङ्गापुर र गुआम, यमन र श्रीलङ्का, म्यानमार र मकाउ, कम्बोडिया र पाकिस्तान, चाइनिज ताइपेइ र इस्ट टिमोर, इन्डोनेसिया र बु्रनाई तथा हङकङ र भुटानबीच प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु
कात्तिक २५, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार