शेयरबजार २९.७१ अंकले घट्यो, २ अर्बभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार १५:५०:७
११ साउन, काठमाडौं । बिहीबार नेप्से सूचक २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा आएको छ । करिब २ अर्ब ४२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले शेयर लगानीकर्ता थप निरुत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि सेयर बजारले सकारात्मक गति लिनै सकेन ।
केन्द्रीय बैंक शेयर बजारप्रति सकारात्मक हुन नसकेको सामाजिक सञ्जालहरुमा लगानीकर्ताले आरोप लगाइरहेका छन् । यस्तै, मौद्रिक नीतिमा नखुलेको कुरालाई गभर्नरले पत्रकार सम्मेलनमा बोलेको उनीहरूको आरोप छ । सोही बोलीका कारण लगानीकर्ताको मनोबल गिरेको सञ्जालहरुमा आरोप लगाइएको छ ।
यस दिन २७१ कम्पनीको ६२ लाख ७१ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १० करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्सुरेन्स र प्रोग्रेसिभ फाइनान्स परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
बजार खुल्नासाथ ४६ लाख भन्दा बढीको शेयर कारोबार
मंसिर ६, २०८१ बिहिबार
बुधबार नेप्से परिसूचकमा ९ अंकको सुधार, कारोबार रकम भने ३ अर्ब ३८ करोडले घट्यो
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार