सभामुखको पदीय सीमा पक्षविहिन हुन्छः सर्वोच्च
नेपालबहस संवाददाता
साउन ११, २०८० बिहिबार १६:२६:५३
११ साउन, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार निर्माणमा सभामुखले निर्वाह गरेको भूमिकालाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चले सभामुखको पदीय सीमाबारे व्याख्या गर्दै कुनै पक्ष्ँधर हुन नमिल्ने बताएको छ । सभामुखको भूमिका निष्पक्ष र तटस्थ हुनुपर्ने सर्वोच्चको व्याख्या छ ।
आदेशमा प्रदेशसभाका सबै राजनीतिक दलहरू र सदस्यहरूप्रति सभामुखले समदूरी र समान व्यवहार कायम राख्नुपर्ने उल्लेख छ । ’सभामुखले प्रदेश सभामा ’रेफ्री वा अम्पायर’ प्रकृतिको भूमिका निर्वाह गर्नुपर्दछ,’ सर्वोच्चले भनेको छ,’ सभामुख वा सभाध्यक्षलाई निष्पक्ष र तटस्थ राख्ने अभिप्रायले नै नेपालको संविधानको धारा १८६मा अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिने व्यवस्था गरिएको हो ।’
कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमले जनाएको समर्थन संविधानविपरीत भएको व्याख्या गर्दै प्रदेशसभाको सभामुख पद राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने सर्वोच्चको पूर्ण इजलासले भनेको छ । सभामुख पदमा निर्वाचित भइसकेपछि कुनै पनि प्रकारको राजनीतिक पक्षधरता कायम गर्न नहुने पदको रुपमा प्रदेशसभा सभामुखको रहेको सर्वोच्चको व्याख्या छ ।
प्रदेशसभाको तथा सभामुखको निर्वाचनको सन्दर्भमा निजको कुनै राजनीतिक दलसँग आबद्धता रहेको भए पनि सभामुखको पदमा निर्वाचित भइसकेपछि निजको दलीय आबद्धता कायम नरही निजको हैसियत स्वतन्त्र र तटस्थ अवस्थाको रहन्छ र रहनुपर्दछ,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
भ्याटबिल प्रकरणमा सर्वोच्ले भन्यो, नक्कली बिलबिजक भेटिएपछि अरू प्रमाण आवश्यक छैन
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार