मुख्यमन्त्रीको भव्य स्वागतका साथ कार्यालय जाने सोचमा बसेका कार्की कोही नआएपछि निवासतिरै लागे
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार ११:३७:४९
१२ साउन, विराटनगर । सर्वोच्चको फैसलापछि मुख्यमन्त्रीको हैसियतमा कार्यालय फर्किने उद्देश्य बोकेर काठमाडौंबाट शुक्रबार विराटनगर पुगेको हिक्मत कुमार कार्की विमानस्थलमा अलमलमा परे । उनलाई आफू विमानस्थलबाट ओर्लिदा ठूलो स्वागत हुने अपेक्षा थियो । तर, त्यहाँ उनलाई लिन कोही पनि आएनन् । कार्की कार्यालय फर्किने कुराप्रति मुख्यमन्त्री कार्यालयले वास्ता नै गरेन ।
काठमाडौँमा रहेका कार्की आज बिहान १० बजे विराटनगर आएर मुख्यमन्त्री कार्यालय जाने तयारीमा थिए । तर, उनी विमानस्थलमा ओलिँदा न उनलाई स्वागत गर्न कर्मचारीहरू पुगेका थिए, न त उनले दाबी गरेजस्तो मुख्यमन्त्रीको हैसियत प्रदान गर्ने सुरक्षाकर्मी र सवारी साधन नै थियो ।
कार्कीलाई मुख्यमन्त्रीको रूपमा स्वीकार गरेको अवस्थामा मुख्यमन्त्री कार्यालयले झण्डावाल गाडी र तोकिएका सुरक्षाकर्मीसहित स्वागतको लागि विमानस्थल पुग्नुपर्ने थियो । तर, मुख्यमन्त्री कार्यालयले कुनै वास्ता नगरेकोले कार्कीले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा चढ्दै आएको को १ झ ६५२ नम्बरको स्कारपियोमा विमानस्थलबाट निस्किए ।
मुख्यमन्त्री कार्यालय जाने बताउँदै विराटनगर आएका उनी विमानस्थलबाट आफ्नै निजी निवासतिर लागेका छन् । यस्तै आफूसहित आफ्नो क्याबिनेटमा रहेका तत्कालीन मन्त्री बुद्धि कुमार राजभण्डारी पनि आफ्नै डेरातिर लागेका छन् । सर्वोच्चको फैसलाले असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई बर्खास्त गरी साउन १७ गतेभित्र नयाँ सरकार गठनको आदेश गरेको छ । तर, यो अवधिमा कामचलाउ मुख्यमन्त्री को हुने भन्ने आदेशमा स्पष्ट नभएकोले मुख्यमन्त्री कार्यालयका कर्मचारी पनि अन्योलमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार