निजगढमा महिला प्रजनन स्वास्थ्य सबन्धी कार्यक्रममा आकर्षण बढदै
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १२:३४:४६
♦ इन्दीप कोइराला
१२ असार, बारा । निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा महिलाहरूको आकर्षण बढ्दै गएको छ ।
एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरूको प्रजनन र अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो ।
निजगढ नगरपालिकाले संचालन गर्दै आएको कार्यक्रमअन्तगत प्रतेक महिनाको पहिलो आइतबार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरको आयोजना गरेर विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरूको स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ । शिविरमा गत असार महिनामा मात्रै ६८ जनाले सेवा लिएका थिए । यो संख्या विगतको तुलनामा बढी भएको कार्यक्रमकी फोकल पर्शन रामप्यारी गौतमले जानकारी दिइन् ।
अघिल्ला महिनाहरुमा शिविरमा सरदर २०-२५ जनाले मात्रै सेवा लिने गरेका थिए । महिला स्वास्थ्यकर्मीहरुकै समुहले स्वास्थ्य परीक्षण र उपचार गर्ने भएकोले यो संख्या बढ्दै गएको उनले बताए । उनका अनुसार गत महिना १९ जनाको भिआई ए जाँच, ४ जनाको प्याप स्मेयर, ४ जनाले रिङग पेसरी सेवा लिएका हुन । साथै १ जनाको बाँझोपनको उपचार अन्य रोगका ९ जनालाई थप उपचारको लागि रिफर गरिएको छ ।
त्यसैगरी पाठेघरको मुखमा मासु पलाएको १ जना र महिलाहरू सम्बन्धी अन्य समस्या भएका ३० जना महिलाहरूको परीक्षण गरी निःशुल्क औषधी समेत प्रदान गरिएको छ । शिविरमा नारायणी अस्पताल वीरगञ्जकी महिला तथा स्त्री रोग विशेषज्ञ डा. मन्जु रायले सेवा प्रदान गर्दै आएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार