शिखर धवनको उत्कृष्ट प्रदशनपछी दिल्लीको शानदार जित
इन्द्र रिजाल
चैत ३०, २०७५ शनिबार १४:५८:४२
एजेन्सी । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ को २६ औं खेलमा ओपनर शिखर धवनले नटआउट ९७ रन जोडेपछि दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ ।
इडेन्स गार्डेन, कोलकातामा समपन्न खेलमा कोलकाताले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गर्यो । ओपनर धवनले उ ६३ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर पृथ्वी शाले ७ बलमा २ छक्कासहित १४ रन जोडे । कप्तान श्रेयस ऐर ६ रनमा कट बिहाइन्ड भए ।
तेस्रो विकेटका लागि धवन र ऋषभ पन्तले १ सय ५ रनको साझेदारी गरेपछि दिल्ली सहज जिततर्फ लम्केको थियो । पन्तले ३१ बलमा ४६ रन जोडे । उनले नितिश रानाको बलमा बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि ४ चौका र २ छक्का प्रहार गरेका थिए । कोलिन इन्ग्रामले ६ बलमा १४ रन जोड्ने क्रममा १ चौका र विजयी छक्का प्रहार गरेका थिए । कोलकाताका नितिश राना, प्रशिध कृष्णा र आन्द्रे रसलले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोडेको थियो । कोलकाताका लागि ओपनरमा बढुवा भएका युवा ब्याट्सम्यान शुभ्मन गिलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर जो डेनली भने इनिङसको पहिलो बलमा नै बोल्ड भएका थिए ।
कोलकाताको मध्यक्रममा निकै राम्रो लयमा रहेका आक्रामक ब्याट्सम्यान आन्द्रे रसलले पुनस् उत्कृष्ट ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्कासहित ४५ रन जोडे । रोविन उथाप्पाले ३० बलमा ४ चौका र १ छक्कासहित २८ रन जोडे । नितिश रानाले ११, कप्तान दिनेश कार्तिकले २ तथा कार्लोस ब्रेथवेटले ६ रन जोडे । तल्लोक्रममा पियुष चावलाले ६ बलमा १४ रन जोड्दै नटआउट रहे ।
दिल्लीका लागि सन्दीपको स्थान लिएका किमो पलले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट हात पारे । क्रिस मोरिस र कागीसो रबाडाले पनि २-२ विकेट लिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार