भन्सार छली ल्याएको २ लाख मूल्य बराबरको सामानहरु बरामद
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १३:१०:२८
१२ साउन, पर्सा । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरि ल्याएको २ लाख १५ हजार ६ सयका विभिन्न किसिमका सामानहरु बरामद गरेको छ । विशेष चेकजाँचको क्रममा बरामद गरिएको भन्सार छली ल्याएको सामानहरु आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएको जिल्ला प्रहरीले कार्यालय पर्साले जनाएको हाे ।
अस्थाई प्रहरी पोष्ट ईनर्वा गाउँको टोलीले २७ हजार मूल्य बराबरको ९० पिस सल बरामद गरेको जनाएको छ । यस्तै ईलाका प्रहरी कार्यालय छप्कैयाको टोलीले ६६ हजार मूल्य बराबरको ११ थान कुर्था सुरवाल बरामद गरेको बताइएको छ ।
पर्सा प्रहरीले दिएको जानकारी अनुसार ३० हजार मूल्यको मोटरको पार्टसहरु १ पोका प्रहरी चौकी सिर्सियाको टोलीले बरामद गरेको छ । उता प्रहरी चौकी ईनर्वाको टोलीले ५२ हजार ६५० मूल्य बराबरको सामान बरामद गरेको छ ।
जसमा लेडिज सर्ट ६३ पिस, थानको कपडा २ थान, सानो व्याग २० पिस, कस्तुरी मदिरा ८३ पिस चेकजाँचको क्रममा नियन्त्रणमा लिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार