सिटिजन्स बैंकको लोभलाग्दो रिपोर्ट सार्वजनिक, कसरी भयो सम्भव ?
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १७:५२:७
१२ साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बन्दै आकर्षक वित्तीय विवरण प्रस्तुत गरेको छ । कम्पनीले मुनाफा देखि प्रतिशेयर आम्दानीसम्म वृद्धि गर्न सफल भएको छ ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा खराब कर्जा वृद्धि भएको देखिएपनि गत आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा भने खराब कर्जा घटाउन बैंक सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकको खराब कर्जा ३ दशमलव ९८ प्रतिशत रहेकोमा चौथो त्रैमासमा केही घट्दै ३ दशमलव १९ प्रतिशत कायम भएको छ ।
आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट नगद लाभांश मात्र वितरण गरेको कम्पनीको चुक्ता पुँजी वृद्धि नहुँदा खुद मुनाफाकै तुलनामा प्रतिशेयर आम्दानी पनि वृद्धि हुन सफल भएको छ । व्यवसाय वृद्धिमा पनि बैंकको सन्तोषजनक प्रदर्शन रहेको छ । समीक्षा अवधिमा निक्षेप १० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ६ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ । सीडी रेसियो ८२ दशमलव ४० प्रतिशत पुगेको छ। यसबाट बैंकसँग कर्जा प्रवाहको लागि राम्रै तरलता रहेको बुझ्न सकिन्छ ।
बैंकमा संचालक समितिको अध्यक्षमा बैंकका संस्थापक सीईओ एवं वरिष्ठ चार्टर्ड एकाउण्टेन्ट राजनसिंह भण्डारी छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की, प्रवलजंग पाण्डे, साजन शर्मा र अनिल ज्ञवाली रहेका छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ गणेशराज पोखरेलदेखि वरिष्ठ डेपुटी सीईओमा सुमित बाबु खत्री र डेपुटी सीईओमा पारसकुमार काफ्ले र राजेन्द्रलाल श्रेष्ठ रहेका छन् ।
आर्थिक वर्ष ७९/८० को चौथो त्रैमास र आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासलाई दाँजेर हेर्दा
खुद मुनाफा :
आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २१ करोड बराबर खुद मुनाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले २ अर्ब बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा १० दशमलव ४१ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन नाफा :
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४ अर्ब ९९ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमाससम्म बैंकले ५ अर्ब ८५ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा १७ दशमलव ३० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा १३ दशमलव ४२ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले २ अर्ब ७० करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५ रूपैयाँ ५९ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १४ रूपैयाँ १२ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १० दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ ।
वितरणयोग्य मुनाफा :
कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २१ दशमलव ९८ प्रतिशतले घटेको छ ।कम्पनीको प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रूपैयाँ ३० पैसा रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रूपैयाँ ३६ पैसा थियो ।
निक्षेप, कर्जा :
कम्पनीले आर्थिक वर्षको चौथो त्रैमाससम्म १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ७८/७९ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ६ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफा :
जगेडा कोष २४ दशमलव ५१ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ७ करोड पुगेको छ भने संचित मुनाफा २१ दशमलव ९८ प्रतिशतले घट्दै १ अर्ब ३ करोड रूपैयाँ रहेको छ ।
किताबी मूल्य :
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १५० रूपैयाँ ०८ पैसा छ ।
निष्क्रिय कर्जा :
कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव १९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा निष्क्रिय कर्जा २ दशमलव २२ प्रतिशत थियो ।
आधार ब्याजदर , स्प्रेडदर :
बैंकको आधार ब्याजदर केही बढ्दै १० दशमलव ५१ प्रतिशत पुगेको छ । स्प्रेडदर ४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव २५ प्रतिशत थियो ।
बैंकका ठुला शेयरधनी
आर्थिक वर्ष ७८/७९ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा नागरिक लगानी कोष रहेको छ । बैंकमा कोषको ४७ लाख ५९ हजार १२६ कित्ता शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहास :
कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । विगत ५ वर्षमा कम्पनीले २७ दशमलव ५४ प्रतिशत बोनस, २८ दशमलव ७२ प्रतिशत नगद लाभांश गरि ५६ दशमलव २६ प्रतिशत लाभांश दिएको छ । कम्पनीको विगत ५ वर्षको तथ्यांकलाई हेर्दा कम्पनीले औसतमा वार्षिक ११ दशमलव २५ प्रतिशत लाभांश दिएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार