नेपालमा हेपाटाइटीसका अझै धेरै बिरामी छनः डा. पुन
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १५:२:९
१२ साउन, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले नेपालमा हेपाटाइटीसका धेरै बिरामी रहेको बताएका छन् ।
“एक जीवन, एक कलेजो” भन्ने नाराका साथ शुक्रबार विश्व हेपाटाइटिस दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै गर्दा डाक्टर पुनले अहिले नेपालमा हेपाटाइटीसको प्रभाव केही कम भएको बताए । उनले भने ‘ हेपाटाइटिसका बिरामीहरु धेरै छन् । विशेष गरि वर्षातको समयामा फैलने हेपाटाइटीस छ त्यो ए र ई हो त्यो वर्षेनी देखिने गर्छ । हेपाटाइटिस बी र सी त्यो जुन सुकै बेलामा पनि देखिन सक्छ ,। यो चाही मानिसबाट मानिसमा सर्ने हो । कुनै लक्षण विना कुनै कारणले आवश्यकता परेर परिक्षण गर्दा देखिन सक्छ ।
डा. पुनले परालको आगो जस्तो फैलिरहेको हेपाटाइटीस बी अहिले केही हदसम्म नियन्त्रणको अवस्थामा रहेको पनि बताए । उनी भन्छन् ‘ कोभिड भन्दा अगाडिको तथ्यांक हेर्ने हो भने समाजमा हेपटाईटीस बी एउटा परालको आगो जस्तो गरि फैलिरहेको थियो । तर अहिलेको वालवालिका जन्मने वित्तिकै बाल खोप कार्यक्रम अन्तगर्त हेपटाइटीस बीको पनि जोडेका छौं । त्यसले धेरै राम्रो गरेको छ । धेरै हदसम्म कम भएको छ । यसको मतलव यो हैन कि पूरै नियन्त्रण भयो भन्ने हैन् । तर केही हद सम्म कम भएको छ । यो धेरैमा छ । ’
डा. पुनले हेपाटाइटीस ईबाट गर्भवती महिलालाई विशेष असर पार्ने भएकोले सचेत हुनु पर्ने पनि बताए । उनले भने ‘ हेपाटाइटीस ई गर्भवती महिलामा विशेष देखिने गरेको छ । खाने कसराहरु बाट सर्ने भएको हुनाले छिटै नै यो रोग महिला तथा बालबालिकालाई लाग्ने गर्दछ । यसको प्रमुख कारण भनेको जनचेतनाको अभाव हो ।
डा. पुनले हेपाटाइटीस भाइरसले मानव शरीरमा रहेको महत्वपूर्ण अंग कलेजोमा असर गर्ने हुँदा यो रोगलाई खतरनाक मानिने हुँदा यसतर्फ सचेत रहनु पर्ने बताए । पाँच प्रकारका हेपाटाइटिस भाइरस (‘ए’ ‘बी’, ‘सी’, ‘डी’, ‘ई’) मध्ये पनि हेपाटाइटिस ए र बी लाई बढी खतरनाक भाइरस मानिने उनको भनाइ छ ।
विश्व हेपाटाइटीस दिवस र कलेजोको सुरक्षा स्वस्थ जीवनका लागि कलेजोको महत्वलाई बुझाउन यो वर्ष “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ विश्व हेपाटाइटीस दिवस मनाइँदै छ । हेपाटाइटीस भाइरसद्वारा हुने सरुवा रोग हो । हेपाटाइटीस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । यस रोगको भाइरसले कलेजोको सक्रमण गराउने हुँदा मानिसको कलेजोमा प्रत्यक्ष असर गर्नुका साथै क्यान्सर सम्म गराउने हुँदा यसबारे सचेतना जगाउने हिसावले आजको दिनमा विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउन थालिएको हो ।
संसारभर पनि सबैभन्दा धेरै हेपाटाइटिस बी बाट मानिसहरु ग्रसित बनेको तथ्यांक रहेको छ । विभिन्न विषाणुको सङ्क्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटीसका कारण हुन् । त्यसमा पनि हेपाटाइटीस बी र सी लाई मौन महामारी मानिदै आएको पाइन्छ । मुख्य गरी लागूपदार्थ दुर्व्यसनी, एचआइभी विरुद्ध संघर्ष गरिरहेका मानिसहरू,बालबालिका र सीमान्तकृत समूहमा यो रोगको संक्रमण धेरै हुने गरेको छ ।
हेपाटाइटीसका लक्षणहरु
ज्वरो आउनु ,शरीर पहेलो हुनु ,वाकवाकी, उल्टी हुनु, खान मन नलाग्नु,जीउ दुख्नु, अत्याधिक थकान महसुस हुनु,पिसाब पहेलो हुनु,पेट दुख्नु, शरीर चिलाउनु आदि हुन् ।
रोकथामका उपायहरु
१.शरीरमा रोग लाग्न नदिने
२.दूषित पानी तथा खानेकुराको सेवन नगर्ने
३.खाना खानु अगाडि साबुन पानीले राम्ररी हात धुने
४. सफासुघर बस्ने
५.फलफुल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने
६. वर्षायाम पानीको सेवन गर्नु पूर्व त्यसलाई राम्ररी उबाल्ने वा उमालेको पानीको मात्र सेवन गर्ने,
७.बच्चालाई हेपाटाइटीस विरुद्धको खोप लगाउने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु
मंसिर २८, २०८१ शुक्रबार
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन पहल गरिने
मंसिर २८, २०८१ शुक्रबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार