‘काउन्टर साइक्लिकल बफर’को व्यवस्था पुनः कार्यान्वयनमा
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १६:९:२१
१२ साउन, काठमाडौं । कोभिड १९ महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको ‘काउन्टर साइक्लिकल बफर’को व्यवस्था पुनः कार्यान्वयनमा आएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा आएको जनाएको हो । बैंकको पुँजीकोषको पर्याप्ततासम्बन्धी व्यवस्थाका लागि राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था ल्याएको हो ।
राष्ट्रिय स्तरका बाहेक विकास बैंक र वाणिज्य बैंकले ‘पुँजी पर्याप्तता ढाँचा, २०१५’ 'क्यापिटल एडेक्वेसी फ्रेमवर्क, २०१५' अनुसार काउन्टर साइक्लिकर बफरसम्बन्धी व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ ।
कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० र कुल कर्जा प्रवाहको अन्तरका आधारमा काउन्टर साइक्लिकल बफरको दर निकाल्ने गरिन्छ । जिडिपी र कर्जाको अन्तरका आधारमा बफरको दर तोकिने क्यापिटल एडेक्वेसी फ्रेमवर्कमा उल्लेख छ ।
काउन्टर साइक्लिकल बफरले अनियन्त्रित कर्जा प्रवाहलाई नियन्त्रण गर्ने राष्ट्र बैंकले बताउँदै आएको छ । बैंक तथा वित्तीय संस्थामा आइपर्नसक्ने सम्भावित संकटलाई व्यवस्थापन गर्न यस्तो यसको व्यवस्था गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
‘द बासल कमिटी अन बैंकिङ सुपरभिजन’ले सन् २०१० डिसेम्बरमा जारी गरेको ‘बासल–३ स् अ ग्लोबल रेगुलेटरी फ्रेमवर्क फर मोर रेजिलियन्ट बैंक्स एन्ड बैंकिङ सिस्टोम’मा वित्तीय संस्थाहरुलाई आर्थिक जोखिमबाट बचाउन र अर्थतन्त्रमा वित्तीय क्षेत्रको वास्तविक प्रतिनिधित्व प्रतिबिम्बित गर्ने उद्देश्यले यो व्यवस्था ल्याएको थियो । राष्ट्र बैंकले पनि बासल(३ सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि विभिन्न समयमा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौंमा केही बढ्यो
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार