१९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १६:३४:४०
१२ साउन, काठमाडौं । चीनको हाङ्झाउमा हुने १९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपलाई नेपाल क्रिकेट संघ(क्यान) ले पठाएको १५ सदस्य टोलीमा घोषणा भएको टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन गरेका छन्।
नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको सो टोलीमा तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन्।
टी–२० फर्म्याटमा हुने खेलमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टोलीमा अटाउन सकेनन्। नेपालले तीव्र गतिका बलरमा सोमपाल, करण, गुलशन झा र प्रतिश जिसीलाई बोलाएको छ।
नेपाली टोलीका सदस्य :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार