लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १६:४४:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/itta-udyog-1_ZikEiw3B8S_0wxAIuwW4S.jpg)
१२ साउन, लमजुङ । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताए । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका छन् भने पाँच सय १८ को नवीकरण भएको छ ।
आव २०७८/७९ मा छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख थापाका अनुसार सो अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ चार सय आठ नयाँ दर्ता भएका थिए भने तीन सय ७१ नवीकरण भएका उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आव २०७७/७८ मा नौ सय ७०, आव २०७६/७७ मा छ सय ६९, आव २०७५/७६ मा चार सय ६८ आव र २०७४/७५ मा दुई सय ६७ नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ ।
बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा उद्योग÷व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको कार्यालय प्रमुख थापाले बताए ।
उनका अनुसार दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् । जिल्लामा हालसम्म पाँच हजार छ सय ६२ घरेलु उद्योग दर्ता भएको छ भने पाँच हजार तीन सय ४५ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार