गरीब विपन्नहरुको निःशुल्क उपचारका लागि सरकार प्रतिवद्ध छ : मन्त्री बस्नेत
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १७:१२:१७
१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले, गरीब तथा विपन्नको निःशुल्क उपचारका लागि सरकार प्रतिवद्ध रहेको दोहोर्याएका छन् ।
शुक्रबार वीर अस्पतालको १३४औँ वार्षिकोत्सव कार्यक्रममा उनले, नेपालको संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । अहिलेसम्म व्यवहारमा लागु हुन नसकेको नि शुल्क उपचारको व्यवस्था कार्यान्वयनको सुरुवात गरीब तथा असहायबाट गरिएको बताए ।
उनले भने ‘नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई जनताको आधारभूत विषयमा व्याख्या गरेको छ । यो निःशुल्क हकको रुपमा हामीले कायम गरेका छौं । तर वास्तवमा त्यस्तो हुन सकिरहेको छैन् । म मन्त्री भएको हैसियतले यो भन्न लाज मान्नु पर्ने कुनै कारण छैन् । अब कसै न कसैले सुरुवात गर्नु पर्छ । ’
सरकारी अस्पतालले केही हद सम्म यो कार्यन्वयन गरेको दाबी गर्दै उनले अब निजी अस्पतालले पनि सो नियम पालना गर्नु पर्ने उनको भनाई छ। उनले वीर अस्पतालले ५ लाख विरामीलाई उपचार दिँदा १ लाख विरामीलाई निःशुल्क उपचार गरेको भन्दै उनले प्रशंसा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
पुष ३, २०८१ बुधबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार