नेत्री सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १७:२३:३०
१२ साउन, याङ्गुन । सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ । नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकाारीका अनुसार सोमबार राति नेत्री सुचीलाई उच्चस्तरीय परिसरमा सारिएको हो ।
उनले तल्लो सदनका सभामुख सभामुख ति खुन म्याटसँग भेटवार्ता पनि गरेका छन्। उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन् । यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए ।
म्यान्मामा विकसित पछिल्लो घटक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेत्री सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा उनलाई सारिएको छ । निर्वाचित नेत्री सुचीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छभने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।
हिरासतमा रहनुभएकी ७८ वर्षीय नोबेल पुरस्कार विजेता सुचीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ । उनीमाथि भ्रष्टाचार, गैरकानूनीरूपमा वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ । एएफपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
कोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
हमास नेता सिनवारको मृत्यु भएको इजरायलको पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
२०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने
कात्तिक २, २०८१ शुक्रबार
सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन
कात्तिक २, २०८१ शुक्रबार
आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँ : अध्यक्ष दाहाल
कात्तिक २, २०८१ शुक्रबार
१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : नेता कोइराला
कात्तिक २, २०८१ शुक्रबार
सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी
कात्तिक २, २०८१ शुक्रबार