अर्थतन्त्रको वैश्विक संकट माँझ गोरखापत्र संस्थानको वार्षिक नाफा ७२ करोड पुग्यो
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १७:३२:२८
१२ साउन, काठमाडाैं । गोरखापत्र संस्थानले आर्थिक वर्ष २०७९/८० मा ७२ करोड रुपैयाँ आम्दानी गरेको छ । कोभिडको महामारी र अर्थतन्त्रमा देखिएको वैश्विक संकटकै माँझ संस्थानले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा २६ प्रतिशत आम्दानी वृद्धि गरेको हो ।
संस्थानको अर्थ विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा संस्थानको वार्षिक आम्दानी ५७ करोड भएको थियो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले आन्तरिक पद्धति र उत्पादनको गुणस्तरमा व्यापक सुधार अभियान अगाडि बढाइएकाले विज्ञापन बजार सुस्ताएका बेला पनि संस्थानले गत आर्थिक वर्षमा तुलनात्मक रुपमा राम्रो सफलता प्राप्त गरेको बताए ।
कार्यकारी अध्यक्ष सुवेदीले सरकारी निकायसँगै निजी क्षेत्रसँगको समन्वय, सहकार्य र विश्वासको वातावरण निर्माण गरी गोरखापत्र संस्थानको व्यापार बृद्धि गरिएको बताए । उनका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्रीको निर्देशन अनुसार संस्थानलाई नवीनतम् ढङ्गले अघि बढाउने लक्ष्य प्राप्तितर्फ संस्थान व्यवस्थापन क्रियाशील छ ।
सुवेदीले संस्थानसँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै ‘स्मार्ट यात्रा’ तर्फ संस्थानको यात्रा उन्मुख भइसकेको बताए । उनले आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनर्संरचनासहित गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, युवामञ्च, मधुपर्क र मुनाको गुणस्तरमा अभिवृद्धि गरी संस्थानलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहित अघि बढेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार