सामान्य ज्वरोको बिरामीको मृत्युपछि आफन्तले घेराउ गरे अस्पताल
नेपालबहस संवाददाता
साउन १२, २०८० शुक्रबार १७:४७:३२
१२ साउन, चितवन । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल 'पुरानो मेडिकल कलेज' मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको मृत्युपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।
चिकित्सकको लापरबाहीका कारण उप्रेतीको ज्यान गएको आरोप लगाउँदै आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । आफन्तले अस्पताल घेराउ गरेपछि अस्पतालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मृतकका जेठाजु नमराज उप्रेतीका अनुसार साउन ९ गते ज्वरो र पिसाबसम्बन्धी समस्याका कारण शर्मिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
चिकित्सकले हाइडोजको इन्जेक्सन चलाएको र बिरामीलाई समस्या बढ्दै जाँदा चिकित्सक नभएको नहुँदा बिरामीको ज्यान गएको उनको आरोप छ । उनले भने, “अस्पतालको चरम लापरबाहीले सामान्य ज्वरोको बिरामीको ज्यान गएको छ ।” शर्मिलाको बिहीबार साँझ मृत्यु भएको हो । मृत्युपछि अस्पतालले शव बुझ्न आग्रह गरेपछि आफन्तले बुझ्न अस्वीकार गरेका छन् ।
यसैबीच अस्पताल प्रशासन र आफन्तबीच आज वार्ता चलिरहेको छ । अस्पताल परिसरमा आफन्तहरूको ठूलो भीड लागेको छ । मृतक शर्मिलाका श्रीमान्, १० वर्ष र ६ वर्षका दुई छोराहरू छन् । यस सम्बन्धमा अस्पताल प्रशासनसँग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
पुष ३, २०८१ बुधबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार