कोशीमा कामचलाउ मुख्यमन्त्रीको विवादले सुरक्षा निकायमा तनाव, दोधारमा प्रदेश प्रमुख खापुङ्ग
नेपालबहस संवाददाता
साउन १३, २०८० शनिबार १२:२८:५८
१३ साउन, विराटनगर । सर्वोच्चको फैसलापछि कोशी प्रदेशको कामचलाउ सरकारको मुख्यमन्त्री को हो भन्ने विषयमा प्रदेश प्रमुख चुप बस्दा सुरक्षा निकाय तनावमा परेको छ । पहिलेका मुख्यमन्त्री हिक्मत कार्कीलाई सुरक्षा दिने कि अहिलेका मुख्यमन्त्री उद्धव थापालाई सुरक्षा दिने भन्नेमा दुविधा उत्पन्न हुँदा कहिले कार्कीका तिर त कहिले थापाका तिर सुरक्षाको टुकडी कुदिरहेको छ ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले आउँदो मंगलबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्न दल र तिनका सदस्यलाई आह्वान गरिसकेका छन् । मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बिहीबार बदर गरेपछि शुक्रबार प्रदेश प्रमुख खापुङ्गले १६ साउन मंगलबार बेलुका ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न दाबी पेस गर्न आह्वान गरेका हुन् ।
नयाँ सरकार गठनको आह्वान भएपनि कोशी प्रदेशमा कामचलाउ सरकारको विवाद चुलिँदै गएको छ ।सर्वोच्चको आदेशपछि शुक्रबार साँझ एमाले नेता हिक्मतकुमार कार्कीको निवासमा सुरक्षाका लागि आएका नेपाली सेनाको टुकडी शनिबार बिहान फर्किएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कामचलाउ सरकारको मुख्यमन्त्री नतोकेकाले विवाद चुलिएको हो । यसले कोशी प्रदेश शुक्रबारदेखि सरकारविहीन अवस्थामा रहेको छ ।
एमाले नेता कार्कीले शुक्रबार साँझ आफ्नो निवासमा सुरक्षाका लागि आएका नेपाली सेनाको टुकडी शनिबार बिहान ८ बजेतिर विराटनगरको कोशी परियोजनास्थित मुख्यमन्त्री निवासमा गएको बताए । मुख्यमन्त्री निवासमा बसेका उद्धव थापाले निवास नछोडेकाले कार्की आफ्नै निजी निवासमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै खारेज भइसकेका मुख्यमन्त्री उद्धव थापालाई कामचलाउ मुख्यमन्त्रीका रूपमा काम गर्न विभिन्न ठाउँबाट दबाब दिन लगाइरहेको कार्कीको आरोप छ ।
‘प्रधानमन्त्री नै संविधान र कानुन मिच्ने काममा संलग्न छन् त । त्यसको जवाफ हामीले कानुनी र राजनीतिक रूपमा दिनुको विकल्प छैन,’ उनले भने, ‘हामी दुई जना गएर मुख्यमन्त्रीको कुर्सीमा बस्न लडाइँ गर्ने त होइन । मेरो र उद्धव थापा बीचको व्यक्तिगत झगडा र रिसइबी त होइन ।’ कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको निर्णय सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार बदर गरिदिएपछि प्रदेश सरकारविहीन अवस्थामा पुगेको हो ।
सर्वोच्चको आदेशले प्रदेश सरकार असार १७ मा नै पुगेकाले प्रदेश प्रमुख खापुङले तत्कालीन मुख्यमन्त्री एमालेका हिक्मतकुमार कार्कीलाई कामचलाउ सरकार तोकेको पत्र दिनुपर्ने कानुनविद्को भनाइ छ । तर प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय शुक्रबार गरे पनि कामचलाउ सरकारको विषयमा मौन देखिएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमा मुख्यमन्त्रीको नाम उद्धव थापा नै उल्लेख छ । कार्यालयमा पनि उनको नै नाम रहेको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले शुक्रबार कामचलाउ सरकारको विषयमा प्रदेश प्रमुखबाट कुनै निर्णय नभएको बताएका छन् । उनले त्यो विषयमा यो भन्दा बढी बोल्ने अधिकार आफूलाई नभएको प्रस्ट पारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्रीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
मंसिर ३, २०८१ सोमबार
चीन सरकारको सहयोगमा पुन:निर्माण भइरहेको सात तले दरबार
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
सभापति देउवाद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली
मंसिर ३, २०८१ सोमबार
नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
मंसिर ३, २०८१ सोमबार