डुरान्ड कप प्रतियोगितमा सहभागी हुन त्रिभुवन आर्मी क्लव भारत प्रस्थान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १३, २०८० शनिबार १४:१५:६
![](https://nepalbahas.prixacdn.net/media/albums/khel_ncKh8vIaR3_Z3rWqPsO9x.jpg)
१३ साउन, काठमाडौं । भारतको गुवाहाटीमा हुने “डुरान्ड कप प्रतियोगिता–२०२३” फुटबल प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान गरेको छ । भारतीय सेनाको आयोजनामा श्रावण ८ गतेदेखि भाद्र १७ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा लिन नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो ।
सो क्रममा त्रिभुवन आर्मी क्लबले भारतको ए लेवलका फुटबल क्लबहरु दिल्ली एफसीसँग ९ अगष्ट, चेन्नाई एफसीसँग १४ अगष्ट र हैदरावाद एफसीसँग २२ अगष्ट मा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका प्रमुख सेनानी वसन्तराज गुरुङ्गको नेतृत्वमा ४२ सदस्यीय टोली भारतीय वायु सेनाको विमानमार्फत प्रस्थान गरेको हो ।
प्रतियोगिता सम्पन्न भएपश्चात सो टोली भारतीय वायु सेनाको विमानमार्फत नै स्वदेश फिर्ता हुनेछ । उक्त प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई बलाधिकृत रथी सरोज प्रताप राणाले जङ्गी अड्डामा एक कार्यक्रमका बीच विदाई गरेको बताइएको छ । सोही कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले प्रधान सेनापति महारथी प्रभुराम शर्माको अभिप्राय अनुरुप सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई उत्कृष्ट खेल प्रदर्शनका साथै उच्च अनुशासन कायम गर्न निर्देशन दिएका थिए ।
यस किसिमका सहभागिताले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सहायक सिद्धमात्र नभई नेपाली सेना र भारतीय सेनाबीचको मित्रता तथा सहकार्यलाई नयाँ उचाईमा पु¥याउने कार्यको लागि कोशेढुङ्गा सावित हुने विश्वास पनि लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने
फागुन ३, २०८१ शनिबार
अन्तराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौंमा
माघ ३०, २०८१ बुधबार
अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार