रैथाने बालीको प्रोत्साहनका लागि काठमाडौंमा दुईवर्षे हाट बजार
नेपालबहस संवाददाता
साउन १३, २०८० शनिबार १४:४३:२७
१३ साउन, काठमाडौं । रैथाने बालीको संरक्षण र प्रोत्साहन गर्ने उदेश्यका साथ काठमाडौंमा रैथाने कृषि हाट बजार चलिरहेको छ । अन्तर्राष्ट्रिय कोदो जन्य बालीवर्ष २०२३ को सन्दर्भमा नेपाल सरकार एफएओ तथा रैथान कृषि कम्पनीद्वारा आयोजित हाट बजारमा दाल, अचार, मह, सातु, पिठो, हरियो तरकारीलगायतका रैथाने कृषि उपजका विभिन्न खाद्य बस्तु राखिएको छ ।
रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुरु गरिएको बजार आगामी दुइवर्ष सम्म काठमाडौंको दरबार मार्गस्थित ओरियन्ट क्याफेमा प्रत्येक हप्ताको शनिबार बिहान ६ बजेदेखि १२ बजेम्म रहने संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओका कार्यक्रम अधिकृत अर्जुनसिंह थापाले जानकारी दिए ।
एफएओका कार्यक्रम अधिकृत थापाले अन्तर्राष्ट्रिय कोदो जन्य बालीवर्ष २०२३ को सन्दर्भमा नेपालको सातै प्रदेशमा रैथाने बाली अन्तर्गत कोदोजन्य बालीको उत्पादन वृद्धि, प्रशोधन र बजारीकरणका लागि एक्सन प्लान बनाएरै कार्यक्रम अगाडि बढाउने तयारी भइरहेको बताए।
शनिबार काठमाडौंमा आयोजित रैथाने कृषि हाट सञ्चालन कार्यक्रममा थापाले एफएओ र सरकारले सात वटै प्रदेशमा कोदोको उत्पादनलाई मध्यनजर गरेर कोदो उत्पादन वृद्धि,बजारीकरण संगै प्रशोधनको योजना समेटेर एक्सन प्लान तयार गरिहेको जानकारी दिए। उनले भने, ‘कोदोजन्य बालीको उत्थान,उत्पादनमा वृद्धि कसरी गर्ने, कसरी यो बालीलाई प्रोसेसिङमा लाने र कसरी बजारीकरण गर्ने भन्ने विषयमा एउटा एक्सन प्लान बन्दै छ । यो प्लान आइसकेपछि सरकारले कृषि मन्त्रालय अन्तर्गत सातवटै प्रदेशबाट यसलाई अगाडि बढाउनेछ ।’
एफएओले अन्तराष्ट्रिय कोदोजन्य बाली वर्षको रुपमा २०८९÷८० लाई मनाउँदै विविध कार्यक्रम सञ्चालन गर्दै आएको र कोदोको उत्पादन बढाउन विशेष रुपमा बाली परिक्षणको कार्य गरिरहेको उनले जानकारी दिए । ‘अहिले हामीले १ सय २० रोपनी जग्गामा कोदोको विभिन्न बालीहरुको अध्ययन परीक्षण गरिरहेका छौं । कुन जातको बाली कुन ठाउँमा लगाउदा राम्रो हुन्छ भनेर हामीले कोदोको परीक्षण गरिरहेका छौं । अध्ययनपछि जुन राम्रो हुन्छ त्यसलाई कृषकले आफैंले हेरेर आफ्नो खेतबारीमा लगाउन सक्नुहुन्छ । जसकारण कोदोजन्य बालीको उत्पादनलाई बढाउन सकिन्छ र बजारमा पनि ल्याउन सकिन्छ,’ थापाले भने । थापाले कोदो जस्तै अन्य रैथाने बालीको प्रयोग र उत्पादनमा जोड दिएर रैथाने बालीको प्रवर्द्धनमा उपभोक्ता र कृषक दुबै लाग्नुपर्ने धारणा पनि राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादीको केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार