१८ जना समातिए तर अझै भेटिएन तस्करहरुको मूल कनेक्सन, टोखामा पनि भेटियाे सुन गाल्ने समान
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १३:७:१९
१४ साउन, काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभाग ११ दिनमा १८ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकोहरुको बयानका आधारमा छापा मारिएका ठाउँमा सुन कारोबार हुने गरेका तथ्य र प्रमाणहरु पनि भेटिएका छन् । तर, अनुसन्धान विभागले अझै सम्म तस्करीको मूल हाँगो समाउन सकेको छैन् ।
राजस्व अनुसन्धान विभागको टोलीले सुन प्रकरणमा समातिएका चिनियाँ नागरिक लिङ चुवानको बयान अझै लिन सकेको छैन । ११ दिन बित्न लाग्दा पनि उनीसँग बयान लिन समस्या भएपछि विभागले बयानका लागि दोभासे बोलाएको छ । दोभासेसँग उसले बयान दिन नमानिरहेको बताइएको छ । मुख्य तस्कर उही भएकाले उसको बयान महत्वपूर्ण हुनसक्छ । चिनिया नागरिकबाट कुरा खोलाउन सकिएमात्र तस्करीको मूल नेतृत्वसम्म पुग्न सकिने विभागको अनुमान छ ।
राजश्व अनुसन्धान विभागको टोलीले रातभर छापा मारेको ठमेलको होटल भियनाबाट एक जना सञ्चालकलाई पक्राउ गरेको छ । दावा छिरिङलाई पक्राउ गरिएको विभागका एक अधिकारीले जानकारी दिए । उक्त होटलमा सुन प्रकरणमा जोडिएका व्यक्तिको खोजीका लागि भन्दै विभागको टोलीले बिहानीपखसम्म छापा मारेको थियो । सुन तस्करीमा संलग्न आशंकामा पक्राउ गरिएका दावा छिरिङ बेल्जियम नागरिक रहेको थाहा भएको छ ।
उनको साथबाट बेल्जियमको पासपोर्ट भेटिएको छ । हङकङबाट रेडी ट्रेड प्रालिले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो । सुन तस्करीमा संलग्न आशंकामा छिरिङ सहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ । बुधबार सोह्रखुट्टेमा चिनियाँ नागरिकको गोदाममा छापा मार्दा गोदामबाट ६६ वटा ब्रके शु भएका कार्टुन बरामद् भएको थियो ।
तर ती ब्रेक शुभित्र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ब्रेक शुभित्र रहेको झैँ सुन फेला परेन । बरामद भएका केही ब्रेक शुभित्र सुन राखेर ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विभागले ठमेलस्थित भियाना होटलबाट शनिबार राति पक्राउ परेका तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् ।
यसैबीच शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ । सुन पगालेर अरु नै वस्तुको स्वरूपमा भारत लैजान प्रयोग गरिएको हुन सक्ने टोखामा भएको छापाबाट खुलेको छ । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको हो । विभागका एक उच्च अधिकारीका अनुसार, प्रि–फ्याबको घरभित्र सुन गाल्ने र रि–फ्रेम गरेर अर्कै स्वरूपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि छापा मारेर सिल गरिएको छ ।
त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ । ‘यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरूपमा परिणत गराउने गरेको देखिएको छ’, अपरेशनमा खटिएका एक अधिकारीले भने, ‘रातभर छापा हानेर घरमा सिल गरेका छौं ।’
यद्यपि, कस्तो स्वरुपमा सुन परिणत गरिन्थ्यो भन्ने खुलिसकेको छैन । स्रोतका अनुसार, हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन नेपालसम्म ल्याइएपनि भारतमा त्यहीँ स्वरूपमा लैजाँदा जोखिम हुने भएकाले नेपालमा फेरि रिफ्रेम हुने गरेको आशंका गरिएको छ । तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङको बयानको आधारमा सो कारखाना भेटिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार