आजदेखि मीड सोलु हाइड्रोपावरको आईपीओ खुल्यो, क-कसले भर्न पाउने ?
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १३:३६:३०
१४ साउन, काठमाडाैं । मीड सोलु हाइड्रोपावरको आज आइतबारदेखि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो ।
यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको छ । यसआधारमा १ सय अंकित मूल्यमा ७ लाख ४८ हजार ४ सय कित्ता सेयर स्थानीयलाई जारी गरिएको छ ।
योमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं। ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई निष्कासन ख्ला भएको हो । १ लाख ८७ हजार १ सय कित्ता शेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ ।
सर्वसाधारणमा निष्कासन हुने ७ लाख ४८ हजार ४ सय कित्ता शेयरमध्ये १०५ अर्थात ७४ हजार ८४० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
यस कम्पनीको आईपीओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिन पाउनेछन्
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लसइस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले यस आयोजनाको आयोजना स्थल, एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार