अर्थतन्त्रको मनोवल गिर्न नदिन राष्ट्रबैंकले लचकता देखाएको हो : गर्भनर अधिकारी
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १४:०:१६
१४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रतर्फ ११.५ प्रतिशतको कर्जा वृद्धि हुने लक्ष्य राखेको बताएका छन् ।
मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा गभर्नर अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्रबैंकले लचकता देखाएको बताएका हुन् ।
उनले भने ‘ अन्य बैंकको तुलनामा हामी अलि लचक भएका छौं । गत वर्षको तुलनामा अवस्था अलि सहज हुँदै गएको छ । हाम्रो अर्थतन्त्रमा परेको असर र मनोवल गिरेको अवस्था छ । त्यसलाई पनि कही कतै प्रश्रय दिन सकिन्छ की भनेर हामीले यति रेट घटाइराख्दा भन्ने हिसाबले हामीले यो दरलाई अति तल झारेका छौं । समग्रमा ११.५ प्रतिशतको कर्जा निजी क्षेत्रतर्फ वृद्धि हुने लक्ष्य हामीले राखेका छौं । ’
गभर्नर अधिकारीले प्रत्येक वर्ष मौद्रिक नीतिले लिएको लक्षलाई आफ्नो आफ्नो कार्ययोजनामा कार्यन्वयन गर्ने हो भने लक्ष्य हासिल गर्न सकिने बताए । राष्ट्रबैंकले ल्याएको नीतिमा निजी क्षेत्रको कर्जालाई कार्यविधि बनाएर ल्याएको पनि उनले स्पष्ट पारेका छन् । ०००
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार