प्रहरीको अर्ब बढीको सामान खरिदमा शक्तिकेन्द्रको चलखेल
प्रबन्धमा ठेकेदारको दैनिक बैठक
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १४:२२:१९
१४ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी वर्षका लागि लत्ता कपडा, जुत्ता, पार्कर ज्याकेट र झुल तथा अन्य सामग्री खरिदको तयारी गरिरहँदा प्रबन्ध शाखामा कसलाई पठाउने भन्ने बारेमा चलखेल सुरु भएको छ । गृहमन्त्रालय र माओवादी केन्द्र, अन्य शक्तिकेन्द्र तथा नेपाल प्रहरीमा ठेक्का गरिरहेका ठेकेदारहरूले आफ्नो अनुकुलको प्रहरी अधिकारीहरूलाई त्यहाँ पठाउन प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई दबाब दिएकाे समाचार स्राेतले दावी गरेकाे छ ।
प्रबन्ध शाखाका रहेका डीआईजी र स्टोर दाखिला तथा सामान रुजु गर्ने डीएसपीकै कारण सबै आर्थिक हिसाब किताब मिल्ने भएकाले यी दुई पदमा माओवादी केन्द्र निकट रहेका केही ठेकेदारले आँखा लगाएकाे स्राेतकाे भनाइ छ । उनीहरूले पार्टी च्यानल प्रयोग गरेर नारायणकाजी मार्फत माओवादी निकट मानिएका कर्मचारीलाई प्रबन्ध र आर्थिक प्रशासन शाखामा ल्याउन दबाब दिइरहेकाे बताइएकाे छ । हाल त्यहाँ रहेका एसपी गोविन्द पुरीलाई नसार्न माओवादीका विभिन्न नेताहरूले दबाब दिइएको स्रोतको दावी छ । साथै विगतमा एमाले कांग्रेस मिलाउन सफल रहेका डीआईजी केदार ढकाललाई पनि नसार्न माओवादीको समूह लागेको छ ।
यस्तै गृहमन्त्री श्रेष्ठका दाजु मानकाजी श्रेष्ठ र अघोषित सल्लाहकार पूर्व एआईजी वीरेन्द्र बाबु श्रेष्ठले त्यहाँ भएकाहरूबाट ‘आउटपुट’ आउन नसक्ने भन्दै ‘एसम्यान’को खोजी गरिरहेकाे दावी गरिएकाे छ । डीआईजी ढकाल र एसपी पुरी प्रबन्ध शाखामा पुगिसकेका छन् । त्यस्तै आर्थिक प्रशासन शाखाले त्यहाँ रहेका कर्मचारी मध्ये केहीलाई सरुवा गरेर निकटलाई ल्याएको स्रोतले जनाएको छ ।
अहिले प्रशासन विभागका प्रमुख एआईजी दीपक थापा नेतृत्वको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय चलेको छ । उनी माओवादीलाई सहयोग गर्ने प्रहरी अधिकारी मानिन्छन् । मकवानपुर, चितवन लगायतका जिल्लामा बस्दा उनले माओवादीलाई सहयोग गरेको बताइन्छ । अहिले पनि गृहमन्त्री श्रेष्ठले एआईजी थापालाई प्रशासन प्रमुखको जिम्मेवारी दिएका छन् । गत मंगलबार मात्रै आर्थिक बर्षको लागि चुस्ता, डीएमएस बुट, ऊलन सर्ट–पाइन्टको कपडा, पार्का ज्याकेट, स्लीपीङ ब्याग, ऊलन स्वीटर, स्पोर्ट जुत्ता, मिन्क ब्लाङ्केट, अन्डर ट्राउजर भेष्ट सेट खरिदको बोलपत्र साउनको प्रकाशित गरेको छ ।
त्यस्तै, पन्चु, मस्वीटोनेट (झुल), ट्रयाकसुट, रुकस्याक ब्याग, ब्लू डांग्री क्लोथ, ब्यारेट क्यापसहित १९ वटा सामानको बोलपत्र निकालेको छ । सबैभन्दा बढी बजेट चुस्ता र बुटमा हुन्छ । चुस्तामा करिब सवा १६ करोड र बुटमा ११ करोड बजेट छ । त्यस्तै पार्का ज्याकेट ६ करोड, ऊलन सर्ट ७ करोड ७५ लाख, स्पोर्ट जुत्तामा ६ करोड, ट्रयाकसुटमा ८ करोड गरी सबै लत्ताकपडामा यसपटक करिब १ अर्बभन्दा बढीको बजेट रहेको छ । विगतमा ७२ करोडको खरिद भएको थियो । प्रहरीभित्र निकै विवादित मानिएका एसपी पुरीले यसअघि एक व्यक्तिलाई पक्राउ गरि हिरासत भित्रै ७ लाखको चेक काट्न लगाएर गम्भीर अपराध गरेको आरोप हुँदा पनि उनलाई छानविन नगरी प्रबन्ध शाखामा सरुवा गरिएको थियो । उनले तीन लाख रूपैयाँ ऋण लिएका ती व्यक्तिलाई पक्राउ गरि ७ लाख रूपैयाँको चेक काट्न लगाएका थिए ।
विगतमा निकै विवादित मानिएको प्रबन्ध शाखाबाट करोडौं घोटाला भएको थियो । व्यापारीहरू पिताम्बर मुन्का, राजमान मिश्र, ज्ञानेन्द्र बस्नेत लगायतको टिमले घोटाला गरेको थियो । त्यस बेला उनीहरूसँग एसपी प्रेम बस्नेत र डीएसपी मदन केसी मिलेका थिए । तर उनीहरूलाई कुनै कारबाही भएन । सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली आईजीपी हुँदा उनीहरूले कम गुणस्तरको कपडा ल्याएको भन्दै अस्वीकार गरेको लत्ता कपडालाई शैलेश थापा आईजीपी भएपछि उक्त कपडा लिने गरी भण्डारका डीएसपी मदन केसी र प्रबन्धका एसपी प्रेम बस्नेतले सबै सेटिङ मिलाएर लिएका थिए । सो प्रकरणमा पछि मुन्का कारबाहीमा परेका भएपनि एसपी बस्नेत र डीएसपी केसीलाई भने उन्मुक्ति दिइएको थियो ।
प्रहरीले यसपटक सशस्त्र प्रहरीको सिको गर्दै हिमाली जिल्लामा बस्ने प्रहरीका लागि पनि छुट्टै कपडा खरिद गर्ने भएको छ । सशस्त्र प्रहरी बलले हिमाली जिल्लामा काम गर्ने जनशक्तिका लागि ३५ करोड बराबरको हिमाली सामानहरू खरिद गरेपछि नेपाल प्रहरीले पनि त्यसलाई अनुशरण गर्दै त्यसका लागि छुट्टै टेण्डर गर्ने भएको हो । प्रहरीले हिमाली जिल्लामा खटिनेका लागि भनेर हिमाली आइटम खरिदको टेण्डरमा त्यसको स्फिकेशन मिलाउन ठेकदारहरु लागि परेको र त्यसका लागि दिनदिनै प्रबन्ध शाखामा डीआईजी र एसपीसँग बैठक गर्ने गरेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार