न्यायाधीश नियुक्तिविनै हुनेभो कार्कीको अवकास
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १४:२४:२६
१४ साउन, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक बालाउने तयारी गरिएको छ । २० साउनमा हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अवकासमा जाने भएपछि नयाँ प्रधानन्यायाधी नियुक्तिको प्रक्रिया अगाडी बढाउन संवैधानिक परिषदको बैठक डाक्न लागिएको हो । हाल कानुनमन्त्री धनराज गुरुङ अमेरिकामा रहेका उनी फर्किएपछि संवैधानिक परिषदको बैठक बस्नेछ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बोलाउन विषयमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले अमेरिकामा रहेका कानुमन्त्री गुरुङ नेपाल फर्किएपछि बैठक बोलाउने बताएका थिए । अहिले सर्वोच्च लगायत उच्च र जिल्ला अदालतमा पनि न्यायाधीश नियुक्ति हुन सकेको छैन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधी नियुक्तिका लागि बोलाएको न्यायपरिषद बैठकमा सदस्यहरुबीच सहमति हुननसक्दा न्यायाधीश नियुक्तको प्रक्रिया अगाडी बढ्न सकेको छैन् । कार्की बहुमतका आधारमा भएपनि आफू रहँदै सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न चाहिरहेका थिए । तर, कानुनमन्त्री गुरुङ र अर्का वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पहिले मापदण्डमा आएका विवादको समाधान गरेर मात्रै न्यायाधीश नियुक्ति गर्नु पर्ने अडानमा रहेकाले नियुक्तिमा कार्कीको जोड चलेन ।
अहिले कानुमन्न्त्री नभइएकाले पनि २० गते अगाडी न्यायाधीश नियुक्ति गर्न सम्भव देखिएको छैन् । छोटो समयका लागि प्रधानन्यायाधीश भएका कार्की न्यायाधीश नियुक्ति नगरीकनै सर्वोच्चबाट बाहिरने भएका छन् । उनी पछि प्रधानन्यायाधीश हुने रोलक्रम आएकाले पनि आफू प्रधानन्यायाधीशमा नियुक्त नभएसम्म कार्कीकालाई न्यायाधीश नियुक्ति गर्न सघाउने पक्षमा श्रेष्ठ देखिएका छैनन् । कार्की पछि श्रेष्ठनै प्रधानन्यायाधीश हुने हुन ।
संवैधानिक व्यवस्था अनुसार एक महिना अगाडी नै प्रधाननयायाधीश सिफारिस हुनपर्ने भएपछि अब कार्कीको समय सकिन ५ दिनमात्र बाँकी छ । यो पाँच दिनभित्र संवैधानिक परिषदको बैठक बसेर नयाँ प्रधानन्यायाधीश सिफारिस गरिसक्नुपर्नेछ । तर, यो पनि सम्भव देखिएको छैन । विश्वम्भरप्रसार श्रेष्ठ पनि कामु प्रधानन्यायाधीश हुने अवस्था सिर्जना हुँदैछ ।
२० गते अगाडी सिफासिर नभए स्वतह उनी कामु प्रधाानन्यायाधीश हुनेछन् । सहमति नहुँदा लामो समय देखि रिक्त रहेका पदमा न्ययाधीश नियुक्ति हुन नसकेको हो । अब पहिले प्रधानन्यायधीश सिफारिस भएर प्रधाननयायाधीशमा नियुक्त भएपछि मात्र न्यायधीश नियुक्तिको प्रक्रिया अगाडी बढ्ने देखिन्छ । सम्भवतः साउन १९ गते संवैधानिक परिषदको बैठक बस्नेछ । प्रधानमन्त्री प्रचण्डले कार्की अवकासमा जानुभन्दा अगाडी नै परिषदलको बैठक बोलाउन बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
वैदेशिक रोजगारीमा भएको ठगिलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार