५ बुँदे मागसहित निर्माण व्यवसायी उत्रिए आन्दोलनमा [ हेर्नुस भिडियो ]
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १४:४४:३४
१४ साउन, काठमाडौं । नेपाल निमार्ण व्यवसायी महासंघ निमार्ण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन उपभोक्ता समिति खारेजी लगायतका ५ बुदेँ मागसहित आन्दोलनमा उत्रिएको छ ।
आज सार्वजनिक खरिद अनुगमनको कार्यालय अगाडि उनीहरुले धर्ना दिएका छन् । उक्त धर्नामा निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले ४ खर्बका आयोजनाहरुमा बजेट विनियोजन नगरेको तर सम्झौता भने गरेको भन्दै यसको समाधानको लागि म्याद थप मात्रै नभइ रकमको व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने, सरकारले हामीसँग सम्झौता गरेको आयोजनाको भुक्तानी हुन सकेको छैन्, ४ खर्बका त्यस्ता आयोजनाहरु छन् जुन सरकारले बजेट विनियोजन नगरेको तर सम्झौता भने गरेको छ । म्याद थप मात्रै गरेर यो समस्याको समाधान हुदैँन्, यसको लागि सरकारले रकमको व्यवस्था गनुपर्छ । ’
अध्यक्ष सिंहले विगतमा अर्थमन्त्रीले प्रतिवद्धता जनाए अनुसार काम गरेको भुक्तानी नपाएको कारण सप्लाईहरु रोकिने, चेक बाउन्स हुने र मजदुरहरुको भुक्तानी गर्न नसक्ने अवस्था आएको गुनोसो पनि गरेका छन् । यस्तै, सार्वजनिक खरिद नियमावलिलाई प्रतिस्थापन गर्ने गरेर असार २१ गते आएको आदेशले मागहरुको सम्बोधन नभएको पनि बताए ।
उनले सरकारले योजनाको लागि रकम विनियोजन गरेर मात्रै टेन्डर लिन पनि आग्रह गरेका छन् । शक्तिमा भएका नेताहरुले राष्ट्र निमार्णभन्दा आफ्नो क्षेत्र निमार्णलाई बढी प्राथमिकतामा राखेको भन्दै उनले सार्वजनिक खरिन ऐन पूर्वाधार मैत्री र निमार्ण मैत्री भयो भने मात्रै मुलुक समृद्ध हुने बताए । अध्यक्ष सिंहले १६ गतेसम्म पनि मागहरु सम्बोधन नहुने हो भने यन्त्र उपकरणसहितको प्रस्तुती गर्न बाध्य हुने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा जनजाति सङ्ग्रहालय अधुरै
जेठ ३, २०८१ बिहिबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार