भ्रष्टाचारका अरु फाइन पनि खुल्छन, अब यो कदम कसैको दवावमा रोकिने वाला छैनः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १४:५१:२०
१४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धका अरु फाइन पनि खोलिने बताएका छन् । उनले यो अभियान अब कसैको बलमा पनि नरोकिने बताएका छन् । आइतबार ललितपुरको च्यासलमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा उनले बेथितिविरुद्ध जेहाद छेडिएको भन्दै तत्काले अरु फाइल पनि खोल्ने तयारीमा सरकार रहेको बताए ।
उनले भ्रष्टाचारविरोधी या राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने बेथितिका विरुद्ध या तस्करीका विरुद्ध एउटा जेहाद छेडिएको भन्दै यो कदम यही नरोकिने र निरन्तर अघि बताए । उनले यो कुनै आवेग र ‘स्टन्ट’ नभएको पनि बताए । उनले आउँदा दिनमा अरू फाइल खोल्दै जाने उल्लेख गरे । जनता पनि साथमा भएपछि ‘ब्याटल’ जितिने उनको भनाइ छ ।
ब्याटलमा लामबद्ध हुन उनले आग्रह पनि गरे । नयाँ युगको परिकल्पना साकार पार्न सबैको साथ आवश्यक रहेको उनले बताए । सत्ता गठबन्धनमा फाटो ल्याउन समाजवादी मोर्चाका नेताहरूमा भ्रम सिर्जना गर्ने षड्यन्त्र भइरहेको जिकिर उनले गरे । एकार्कालाई विश्वास दिलाउँदै अघि बढ्ने उनले स्पष्ट पारे ।
यस्तै अर्को वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन् ।
‘पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस सन्दर्भमा म सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यवद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा हार्दिक आभारसमेत प्रकट गर्दछु ।’
प्रधानमन्त्रील प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको बताए ।
सम्बोधनको पूर्णपाठ
नेपाली वामपन्थी आन्दोलनका अग्रज एवं शैक्षिक व्यक्तित्व कमरेड माधव प्रसाद मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण गर्ने यस महत्वपूर्ण अवसरका निम्ति स्मृति प्रतिष्ठान र उहाँको परिवारजनमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस सन्दर्भमा माधव सरले नेपालको वामपन्थी आन्दोलन, शैक्षिक जगत र साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
आमा मुक्तकुमारी मरहठ्ठा र बुवा शेषरमण मरहठ्ठाको कोखबाट वि.सं. २०१० साल श्रावण १४ गते गोरखा नगरपालिका–७ मा जन्मिनुभएका माधव मरहठ्ठा नेपालको कम्युनिस्ट आन्दोलनका एक बौद्धिक व्यक्तित्व एवं राजनीतिक नेताहरूका गुरू हुनुहुन्थ्यो । नेपालको कम्युनिस्ट आन्दोलन एवं मुख्यतः गोरखामा कम्युनिस्ट विचारको बिजारोपण एवं पछिल्लो समय युग बदल्ने महान् जनयुद्धको तयारी, घोषणा, विकास र क्रान्तिको शान्तिपूर्ण रूपान्तरणको यात्रामा उहाँले जे–जति भूमिका खेल्नुभयो र योगदान गर्नुभयो, त्यो समकालीन राजनीतिक परिवर्तनका दृष्टिले मात्र नभएर विचार निर्माण र कम्युनिस्ट आन्दोलनको आउँदो पुस्ताका निम्तिसमेत अत्यन्तै महत्वपूर्ण र स्मरणीय छ ।
मरहठ्ठा सर बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । वामपन्थी आन्दोलनमा निरन्तर सक्रिय रहँदै क्रान्तिकारी जनमत निर्माण र कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै उहाँले साहित्य, शिक्षा, समाजसेवा र साहित्यका विविध विधामा आफूलाई स्थापित गर्दै समाजमा अतुलनीय योगदान गर्नुभएको छ । जनयुद्धको आधार इलाकाका रूपमा गोरखा जिल्लाको जुन पहिचान, छवि र योगदान स्थापित छ, त्यसका पछाडि मरहठ्ठा सरजस्ता बौद्धिक, जुझारू र क्रान्तिकारी योद्धाहरूको निष्ठा, त्याग, समर्पण र बौद्धिक सिर्जनशीलता अन्तरनिहित छ । यसर्थ, उहाँको भूमिका र योगदान परिवर्तनको आन्दोलन, शैक्षिक रूपान्तरण र प्रगतिशील संस्कृति निर्माणका दृष्टिले अमर रहने नै छ ।
प्रस्तुत पुस्तकमा माधव सरको जीवनी, योगदान र प्रेरणालाई बहुआयामबाट हेर्न खोजिएको पाउँदा म थप उत्साहित भएको छु । पुस्तकमा परिचय खण्ड, परिवारको दृष्टिमा, इष्टमित्रको दृष्टिमा, राजनीतिज्ञ र साथीभाइको दृष्टिमा र विद्यार्थीको दृष्टिमा माधव सरको व्यक्तित्वलाई विविध कोण र विश्लेषणका साथ चर्चा गरिएको छ, जसले उहाँको समग्र व्यक्तित्वको वास्तविक चित्र प्रस्तुत गर्दछ । यो पुस्तक माधव सरको जीवनी, व्यक्तित्व, शिक्षा र योगदानका दृष्टिले चीरकाल महत्वको रहने मैले विश्वास लिएको छु ।
वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको छ । सरकार गठनको ७ महिनाको अवधिसम्म पुग्दा जे–जति मेहेनत गरिएको छ, त्यसबाट जे–जस्ता उपलब्धीहरू हासिल भएका छन्, त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित गर्दछ । पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरू गरिएका छन्, यसले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ, नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ । यस सन्दर्भमा म सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यवद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा हार्दिक आभारसमेत प्रकट गर्दछु ।
अन्त्यमा, माधव सरको जीवनीमा आधारित महत्वपूर्ण पुस्तक प्रकाशनका निम्ति माधव प्रसाद मरहठ्ठा स्मृति फाउन्डेसनप्रति आभार प्रकट गर्दै उहाँको व्यक्तित्वमाथि विविध कोणबाट समीक्षा र विश्लेषण गर्नुहुने समस्त लेखकहरूमा धन्यवाद भन्न चाहन्छु । र, माधव सरको जीवनी र निष्ठावान् एवं उर्जाशील कर्मबाट हामी सबैमा सकारात्मक उर्जा र प्रेरणा प्राप्त हुने विश्वासका साथ फेरि एकपटक उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विदा हुन्छु, धन्यवाद ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार