व्यापक भ्रष्टाचारका कारण नेपालले विदेशी लगानी आकर्षित गर्न सकेनः अमेरिकी प्रतिवेदन
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार २१:४१:५
१४ साउन, काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारीतन्त्र लगायतका कारणले वैदेशिक लगानीको वातावरण बन्न नसकेको एक प्रतिवेदनले देखाएको छ । अमेरिकाको परराष्ट्र मन्त्रालयले हरेक वर्ष निकाल्ने ‘लगानीको वातावरणसम्बन्धी प्रतिवेदन २०२३’ को नेपालसम्बन्धी अंशमा लगानीको वातावरण नाजुक रहेको देखाइएको हो ।
प्रतिवेदनमा भनिएको छ, ‘नेपाल सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न तत्पर रहेको सार्वजनिक रुपमा जानकारी गराए पनि त्यसको व्यावहारिक र अर्थपूर्ण कार्यान्वयन अझै भएको छैन । प्रतिवेदनमा ऐतिहासिक रुपमा केही अमेरिकी कम्पनीहरूले नेपालमा लगानी गरिरहेको र नेपालमा वैदेशिक लगानी गर्ने देशमध्ये अमेरिका शीर्ष १० मा पर्ने उल्लेख छ । अमेरिकाले नेपालको वैदेशिक लगानीको २.९ प्रतिशत हिस्सा ओगटेको छ ।
प्रतिवेदनको सारांशमा उल्लेख गरे अनुसार नेपालको वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब ३६.३ बिलियन अमेरिकी डलर छ भने कुल व्यापार १५.९ बिलियन अमेरिकी डलर छ । नेपालमा विशेष गरी ऊर्जा, पर्यटन, सूचना र सञ्चार प्रविधि, पूर्वाधार र कृषिमा लगानी गर्न पर्याप्त सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
एमसीसी सन् २०२३ को अगस्तमा सुरु हुने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ । अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले दुई साताअघि भएको नेपाल भ्रमणमा पनि एमसीसी कार्यान्वयनबारे नेपाल सरकारसँग छलफल गरेका थिए । प्रतिवेदनमा ढिलाइ भए पनि एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरेर नेपाल सरकार आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको सम्मान गर्न प्रतिबद्ध रहेको देखाएको उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार