सुन तस्करीको जालोमा माओवादीका नेताहरु अनुसन्धान जोखिममा पर्ने संकेत !
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार ११:३२:४४
१५ साउन, काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट साउन १४ मा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेसँगै सुन तस्करीमा माओवादी केन्द्रका उच्च नेताहरुमाथि अनुसन्धानको दायरा फराकिलो हुन देखिएको छ । सत्ता गठबन्धन त्यसमा प्रधानमन्त्रीकै पार्टीका उच्च नेताहरूमाथि अनुसन्धान गर्नुपर्ने अवस्था आइपरेको हो ।
‘सुन तस्करीसँग सम्बन्ध देखिएपछि पक्राउ परेका दावा छिरिङको राजनीतिक कनेक्सन देखिएको छ’, विभाग स्रोतले भन्यो । तर उनीमाथि अनुसन्धान गर्दै जाँदा माओवादीको उच्च घरानीया समेत पर्ने अवस्था आएमा प्रधानमन्त्रीकै तहबाट अनुसन्धान रोकिने संभावना समेत बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करीब एक क्विन्टल सुन साउन ३ मा बरामद गरे यता चलिरहेको अपरेसनको यो सबैभन्दा महत्त्वपूर्ण ‘क्लू’ हुने गरी विभागले दावालाई पक्राउ गरेको हो ।
उनी रोल्पाली ज्वाई भएको र रोल्पा रुकुमका धेरै माओवादी नेताहरुसँग उनको सम्बन्ध देखिएको छ । रोल्पाकी अमला रोकासँग बैबाहिक सम्बन्ध गाँसेका दावा छिरिङले माओवादी नेताहरूको कोठा चोटामा पुग्न मात्र होइन आफ्नो धन्दालाई उनीहरूमार्फत् वैधानिकता दिँदै आएका छन् ।
ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल ल्याउने एजेन्ट हुन्, उनको ‘कनेक्सन’ नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग देखिन्छ । आइतबार उनलाई विभागको टोलीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनीसँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । यद्यपि अधिकांश भरिया वा सहयोगी तहका मात्रै छन् । तस्करी गराउने व्यक्तिहरूको तहतर्फ अनुसन्धान पुगिनसकेकाले दावाको पक्राउले गिरोहको उपल्लो तहमा उक्लन सहज हुने अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ । विभागले गोदाम, सुन गाल्ने मशिन लगायत सामान बरामद गरेकाले तस्करीमा ठूला व्यापारी र राजनीतिक व्यक्तिको संलग्नता हुन सक्ने उनीहरूको अनुमान छ । तर, दावा पक्राउसँगै राजनीतिक तहमा भएको तस्करीको खुलासा हुने भएपछि अनुसन्धान रोकिन सक्ने जोखिम बढेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमा जो जो भएपनि अनुसन्धान हुने बताइरहेका बेला माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा मुछिएका छन् । त्यसैगरी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा दीपेश पुन मुछिएका छन् । यस्तै वर्षमान पुन र उनकी श्रीमतीले पनि दावा छिरिङसँगै बसेर खाना खाएका तस्वीरहरु सार्वजनिक भएका छन् । बिमानस्थलबाट इसिगरेटभित्र लुकाएर गरिएको ९ किलो सुन तस्करीमा नाम जोडिएपछि महराले सार्वजनिक रुपमा क्विन्टल सुन तस्करीमा धेरै ठूला माछाहरु रहेको बताएका थिए ।
‘सुन तस्करीमा धेरै ठूला माछा छन, समय क्रममा सबै बाहिर आउँछ, हामी त फगत पात्र मात्रै हौं, हामी त भुरे भारे हौं,’ महराले एउटा विद्युतीय सञ्चार माध्यमलाई भनेको भिडियो भाइरल भएको छ । आफू र छोरामाथि सुन तस्करीमा आरोप लागेको र संलग्नता देखिएको बेला महरा आफैले आफूहरु भुरेभारे माछा भनेर आरोप स्वीकार गरेका छन् । सुन तस्करी गरेको सार्बजनिक रूपमा नै स्विकार गर्ने महरासँग सरकारले अहिलेसम्म सोधपुछ गरेको छैन ।
महराको यो भनाईले तस्करीको सञ्जाल राज्य संरक्षित नै रहेको भने प्रष्ट पारेपनि गृहमन्त्रीको सुशासनको भाषणले सुन तस्करीको अनुसन्धानमा लाज मानिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई समेत थाह नदिई राजश्व अनुसन्धान विभागबाट छापा हान्न लगाएर अनुसन्धानको जिम्मा दिएपछि प्रहरी समेत अनुसन्धानको घेराबाट बाहिरिएको थियो । संगठित अपराधमा अनुसन्धानमा तालिम प्राप्त निकाय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बाहिर राखेर एक जना एसपीको भरमा अनुसन्धान पार लगाउन खोज्नुलाई यो अनुसन्धान अघि बढ्दै न कि भन्ने आशंका जन्मेको छ ।
विभागको टोलीले काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई पक्राउ गरेपछि राजनीतिक कनेक्सन देखिदा अनुसन्धानमै अप्ठेरो परेको आशंका पनि गर्न थालिएको छ । राजश्वले छापा हानेको भियना होटल जुन चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको भनी एक वर्षअघि पनि खुलेको थियो ।
यसअघि २०७९ साउन ११ गते पनि प्रहरीले यस होटलमा छापा मारेको थियो । ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, एक लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद भएको थियो । मञ्जिल श्रेष्ठ र अमला रोकाले घरधनी रत्नमान श्रेष्ठसँग होटल चलाउन सम्झौता गरेको भएपनि त्यो होटल अमला रोकाको चिनिया पति दावा छिरिङको लगानी र व्यवस्थापनमा चल्दै आएको छ ।
माओवादी उपमहासचिव वर्षमान पुन र ओनसरी घर्ती , नन्दबहादुर पुन र उनको परिवारसँग पारिवारिक सम्बन्ध भएकी व्यक्ति हुन् । ‘माओवादीको राजनीतिक घरानासँग सम्बन्ध भएकै कारण गृहमन्त्रीले यसलाई छानवीन गर्न सक्ने अवस्था छैन’, माओवादी केन्द्रका एक नेताले भने । नेपालको काभ्रेबाट नेपाली नागरिकता लिएको र नेपाली पासपोर्टबाट बेल्झिएम पुगेको तथा बेल्झियमबाट त्यहीको पासपार्ट लिएर नेपाल आएका थिए । दोहोरो नागरिकता र अपराधमा संलग्न भएको विषयमा नेपाल प्रहरीको विशेष व्यूरोले अनुसन्धान गरिरहेका बेला उनी भागर चिन गएका थिए ।
विगतमा राजनीतिक संरक्षणका कारण जोगिँदै आएका दावा दोहोरो नागरिकता र राहदानीका विषयमा अनुसन्धान शुरु भएपछि वैशाख ५ गते (१८ मार्च, २०२३) मा सिचुआन एअरलाइन्सको फ्लाइटबाट चीन गएका थिए । त्यतिवेला प्रहरीले पनि उनको खोजी थालेको थियो । राजनीतिक संरक्षण पाएका उनी एक महीना चीनमा बसेपछि सुटुक्क नेपाल आएका थिए । दावा चीनबाट जेठ २० गते (२० मे, २०२३) नेपाल आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । उनी नेपालमा अवैध धन्दामा लागेको तथ्य २०७६ सालमै खुलेको थियो ।
त्यति खेर प्रहरीले काठमाडौंबाट १२२ जना चिनियाँलाई अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गरेपछि उनको संलग्नता खुलेपनि उनी भने राजनीतिक आडमा पक्राउ पर्न सकेका थिएनन । अहिले पनि सुन तस्करीमा उनी देखिएपछि विभागलाई दबाब परेको महशुस गर्न थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार