महोत्तरीमा ४० प्रतिशत मात्र धान रोपाइँ
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार ११:५८:४७
१५ साउन, जलेश्वर । महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षानहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो । साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट पानी परेको छैन । यहाँका किसानले स्यालो ट्युवबेल, डिप ट्युवबेल र मोटरको पानी प्रयोग गरेर महँगो खर्च गरेर जेनतेन ४० प्रतिशत खेत रोपाइँ गरेका छन् ।
उनले जिल्लाको कूल धान खेतीयोग्य जग्गा ४५ हजार हेक्टर रहेकोमा अहिलेसम्म मात्र नौ हजार नौ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको जानकारी दिए । पानी नै नपरेका कारण किसानले महँगो मूल्यमा सिँचाइ गरेर रोपेका धानका बिरुवा पनि अहिले सुक्न थालेको जलेश्वर नगरपालिका –८ का किसान विपेन्द्र पाण्डले गुनासो गरे । उनले आफ्नो खेतमा लगाएको धानका बिरुवा सुक्न थालेको र खेतभरि धाँजोसमेत फाटेको बताए ।
अर्का किसान रामु मण्डलले आफ्ना धानका बिरुवा ब्याडमै सुकिरहेको बताए। जलेश्वरकै छिमेकी गाउँपालिका एकडारा–४ का किसान उपेन्द्र यादवले आफ्नो गाउँभरि नै यसपालि रोपाइँ हुन नसकेको र रोपेको धान पनि अहिले सुकिरहेको बताए।
रामगोपालपुर नगरपालिका–५ का किसान प्रमोद मण्डलले पानी नपर्दा यसपालि रोपाइँ गर्न नपाएको गुनासो गरे । जिल्लामा सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रले यसपालि जिल्लामा धान उत्पादनमा ह्रास आउने अनुमानसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार